मीनकुमार नवोदित
बिहिवार, पुष ५, २०७५

देशकै जेठो औद्योगिक संगठन मोरङ व्यापार संघको आयोजनामा यही शनिबारदेखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पोमा हेलिसिटी टुर पनि समावेश गरिएको छ ।

835
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सबै सुझावलाई नयाँ ऐनले समेट्ने बताउका छन् । औद्योगिक व्यवसाय ऐन २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (फिट्टा)मा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको सुझाव लिँदैै बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले दिएका सुझावहरूलाई नयाँ आउने ऐनमा समावेश गर्ने बताएका हुन् ।

933
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्चालन आउन नसकेको हो ।

1628
रासस
बुधवार, पुष ४, २०७५

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ ।

1081
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

नेपालको नम्बर १ रंगीन जस्तापाता उत्पादक कम्पनी आरती स्ट्रिप्सले आफ्ना अधिकृत विक्रेताहरूलाई युरोप तथा दुबई भ्रमण गराउने क्रममा पहिलो चरणमा नेपालभरको अधिकृत विक्रेताहरूलाई ५ दिनको डिलर भेटघाट तथा भ्रमणको कार्यक्रम तय गरी दुबई पठाएको छ ।

886
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

लिबर्टी इनर्जी कम्पनी, काठमाडांैद्वारा प्रवद्र्धित लमजुङ जिल्लास्थित २५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतका लागि साधारण सेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

1358
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरूको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

681
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

नेपाल चामल, तेल र दाल उद्योग संघका अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले अर्थ मन्त्री डा. युवराज खतिवडासँग उनकै कार्यकक्षमा भेटघाट गरेर मुलुकको वर्तमान आर्थिक एवं उद्योग व्यापारका सम्बन्धमा छलफल गरेको कुरा संघले जनाएको छ ।

824
मीनकुमार नवोदित
बुधवार, पुष ४, २०७५

शनिबारदेखि विराटनगरमा सञ्चालन हुने विराट ट्रेड एक्स्पोमा सबै स्टल बुकिङ भएको छ । २ सय ७५ स्टल राख्ने योजना भए पनि स्थान अभावका कारण २३६ स्टल मात्रै राखिएको आयोजक मोरङ व्यापार संघले जनाएको छ ।

685
केशव समर्पण
मंगलबार, पुष ३, २०७५

हेटौंडाका एक पुराना व्यवसायीले करोडौं खर्चिएर बुद्धको प्रतिमा बनाउने अभियान चलाएका छन् । विश्व शान्तिको कामना गर्दै उनले व्यक्तिगत लगानीमा देशभर १ सय ८ वटा बुद्धको प्रतिमा बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् ।

805
कारोबार संवाददाता
मंगलबार, पुष ३, २०७५

चीनको हुपेई प्रान्तका उद्योगी व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छा देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायीले सो इच्छा देखाएका हुन् ।

1037
विपेन्द्र कार्की
सोमवार, पुष २, २०७५

नेपाली व्यवसायीहरूले थाइल्यान्ड आउने नेपाली नागरिकलाई विमानस्थलमै (अन-अराईभल) भिसा सुविधा उपलब्ध गराउन थाइ सरकारसँग माग गरेका छन् । नेपालबाट बर्सेनि ६० हजारभन्दा बढी पर्यटक थाइल्यान्ड भ्रमणमा आउने गरे पनि थाइ सरकारले नेपालीलाई अन-अराइभल भिसा सुविधा दिएको छैन । नेपाल चेम्बर अफ कमर्सले थाई सरकारसँग यस्तो माग गरेको हो ।

2619
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

केएल दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

775
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

उत्कृष्ट कफीको बियाँ, राम्रो बरिस्ता तथा कफी बनाउने राम्रो तरिकाका साथ दि कफी लाउन्ज खुलेको छ । चियाका पारखी नेपालीहरूलाई कफी कल्चरमा आउन केही समय लागेकोले कफीको उत्कृष्ट साँचो स्वाद सहित दि कफी लाउन्जले खुलेको पनि जनाएको छ ।

813
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राज्यले निजी क्षेत्रको सहकार्य बिना देशमा समृद्ध आउन नसक्ने ठकुवा गरेका छन् । देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेय रहेको बताउँदै निजी क्षेत्रको सहकार्यका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो ।

989