कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको छ । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको रसुवा पानीको शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक समारोहमा खानेपानी तथा सरसफाई मन्त्रीबिना मगरले सार्वजनिक गरेकी हुन् । हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’नामको पानी उत्पादन थालिएको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए ।

232
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा आर्थिक वर्ष २०७५-७६ मा ६ सय ६८ उद्योग थप भएका छन् । यसरी थप हुने उद्योगमा सेवा, उद्योगलगायत रहेका छन् ।

268
कृञ्जला पुलामी
सोमवार, श्रावण २०, २०७६

सिन्धुली जिल्लामा बर्सेनि उद्योग दर्ताको संख्या बढ्दो छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको तथ्यांकलाई हेर्दा जिल्लामा एक वर्षमै झण्डै १ हजारको हाराहारीमा उद्योग दर्ता भएका छन् । तर, ती उद्योगहरू सञ्चालनमा छन् या छैनन् भन्ने कार्यालयसँग कुनै जानकारी छैन ।

282
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

ओयो होटल एन्ड होमस्, दक्षिण एसियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाइज होटल, घरहरू र आवासले शनिबार नेपालका लागि कन्ट्री हेडमा बिक्की योल्मोलाई नियुक्त गरेको छ ।

370
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

युवा उद्यमी मञ्चले गत साउन ५ गतेदेखि १२ गतेसम्म वर्कसप सम्पन्न गरेको छ । मञ्चले मार्चमा ‘युवा उद्यमी सम्मेलन– महिला’ सम्पन्न गरेसँगै कार्यशालाका सहभागीहरूको अत्यन्त सकारात्मक प्रतिक्रिया तथा रुचि देखाएका कारण निरन्तरता स्वरूप वर्कसप गरेको अध्यक्ष निकोलस पाण्डेले बताए ।

278
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

समस्र्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई साउन १६ बाट लागू हुने गरी एक वर्षका लागि ब्रान्ड एम्बेसडर घोषित गरेको छ । नेपाली युवाहरूमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमस्र्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीेले फ्रेन्डसीप महिनालाई अझै सुरिलो र यादगार बनाउन सहकार्य गरेका छन् ।

259
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डहरूको उत्पादन र बिक्री वितरण गर्नेे सम्बन्धमा एक खास साझेदार सहकार्यको सम्झौता भएको छ ।

229
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

दरबारमार्गमा सञ्चालन हुँदै आएको द एम्पायर रेस्टुराँ र हस्पिटालिटी ब्रिज प्रालिको संयुक्त लगानीमा दाबिलो रेस्टुराँ सञ्चालनमा आएको छ । यसअघि द एम्पायर रहेको ठाउमै नयाँ रेस्टुराँ दाबिलो सञ्चालनमा आएको हो ।

312
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

नेपाली ब्रान्डमा नं.१ ब्रान्ड र नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल सीजीले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ–नयाँ मोडलका फ्रिजहरू बजारमा ल्याएको छ ।

190
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

विदेशी लगानीको पहिलो ढोका उद्योग विभागमा गत आर्थिक वर्षमा २ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उद्योग विभागमा असार मसान्तसम्म २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार बराबरका ४ सय ३६ वटा उद्योग दर्ता भएका हुन् । ती मध्ये ३ सय ४३ वटा उद्योग विदेशी लगानीका छन् । विभागका अनुसार पर्यटन, सेवा तथा उत्पादनमूलक, निर्माण, खनिज, सूचना प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका तुलनात्मक रूपमा धेरै लगानी प्रतिवद्धता आएको छ ।

254
कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६

संखुवासभा निर्माण व्यवसायी संघको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले दोश्रो पटक पनि कुल बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी संघका बरिष्ठ उपाध्यक्षमा दीपेन्द्र कार्की, उपाध्यक्षमा सन्तोष राई, महासचिवमा मिगुर शेर्पा, सचिव शान्ता बुढाथोकी, कोषध्यक्ष सुवर्ण शाक्य, सह कोषाध्यक्षमा हरि बहादुर जोशी रहनुभएको छ । नवनिर्वाचित प्रतिनिधिहरूले मुलुकले चाहेको बिकास र संबृद्धिको सपना साकार पार्न निर्माण व्यवसायीहरूको ठुलो भुमिका हुने भएकाले ईमान्दारितापुर्वक बिकास निर्माण र पेशागत हक हितका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

356
कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६

काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ठ व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको भन्दै उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरुको स्वाद चखाइएको बताएको छ ।

537
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

संखुवासभाको मकालुमा सञ्चालनमा रहेको ३ वटा क्रसर उद्योग बन्द गरिँदा निर्माणाधीन ९ पुल प्रभावित भएको छ । मापदण्डविपरीत सञ्चालन गरिएको भन्दै मकालु वरुण राष्ट्रिय निकुञ्जले मकालु–३ मा सञ्चालन गरिँदै आएको क्रसर उद्योग बन्द गर्दा पुल निर्माणमा समस्या भएको निर्माण कम्पनीहरूले जनाएका छन् । मोटरेबल पुल निर्माणका लागि सञ्चालन गरिएको क्रसर उद्योग बन्द हुुँदा निर्माणकार्य पनि अवरुद्ध भैरहेकाले गत माघ महिनादेखि बन्द भएको क्रसर खुलाउने वातावरण निर्माण गर्न उनीहरूले माग गरेका छन् ।

372
रजनी श्रेष्ठ
बुधवार, श्रावण १५, २०७६

नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले यही साउन र भदौ महिनामा नारी म्यागेजिनको प्रस्तुतिमा ‘एनआईसी एसिया १८ औं तीज फेस्टिभल–सिर्जनशील उद्यमी मेला–२०७६ इन एसोसिएसन विथ सेफ्टी’ भोलि १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ भने इटहरीमा साउन ३० देखि ३२ गतेसम्म र हेटौडामा भदौ ५ गतेदेखि ७ गतेसम्म हुनेछ । यो तीज मेलालाई नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा पनि लिइन्छ ।

742
कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६

सरकारले अगाडि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारामा बढ्दो व्यापारघाटाले चुनौती थपेको छ । व्यापारघाटा १३ खर्ब २१ अर्ब पुगेपछि सरोकारवालाको ध्यान आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्नेमा केन्द्रित भएको छ ।

410