कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

रामपुर–६ विजयपुरका एक युवाले विदेशबाट फर्केर गाउँमै इँटा यद्योग सञ्चालन गरेका छन् । खाडीमुलुक कतारमा रोजगारीका लागि गएर फर्किएका युवा सीताराम देवकोटाले पाँच वर्षदेखि इँटा यद्योग सञ्चालन गरेका हुन् । पैसा कमाउन भनेर कतार गएको थिए, देवकोटाले भने त्यहाँ अत्याधिक गर्मी र बढी श्रम गर्नुपर्ने भएकाले स्वदेशमा नै गएर केही गरौंला भनेर आएको हुँ ।

1244
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकोट–२०१८) नेपालमा सुरु भएको छ । यतिवेला विश्वभरबाट १ हजारभन्दा धेरै प्रतिनिधि सहभागिताका लागि नेपाल आएका छन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमिमा बसेर काम गर्ने प्रतिनिधिको सहभागिता रहेको एनपीआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।

1352
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले आर्थिक समृद्धिको सपना साकार पार्न तत्काल नयाँ कार्यक्रमको माग गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो ।

776
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले करिब ३ वर्षअघि टेलिभिजन च्यानल केबुल मुक्त बनाइ डिजिटल गराउने निर्णय हालसम्म पनि पूर्णरूपमा लागू गर्न सकेको छैन । सो निर्णय ०७२ सालको महाभूकम्पलाई देखाएको थियो भने त्यसपछि केबलबाट च्यानल हेरिरहेका जनतालाई सूचनाको हकबाट बञ्चित गर्नु हुदैंन भन्दै स्थानीय निर्वाचन र प्रादेशिक निर्वाचनको समयमा पुनः उक्त निर्णयलाई कार्यान्वयन गरिएको थिएन ।

1200
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै नयाँ औद्योगिक ऐन ल्याउन लागेको जनाएका छन् । औद्योगिक ऐनको ड्राफ्ट तयार गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दै उनले छलफल र सहकार्यबाट ऐन टुङ्गो लगाइने बताए ।

972
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

पर्वतीय तथा साहसिक खेलकुद तथा हिमाल आरोहणसम्बन्धी बिभिन्न गतिविधि गर्दै आएको अल्पाइन क्लब अफ पाकिस्तानले पर्वतीय गतिविधि तथा साहसिक खेलका लागि नेपालका पर्यटन व्यवसायीसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

798
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

नयाँ सरकार गठनपश्चात् मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको संविधान ०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री बन्न सफल हुनु भएकोमा केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ ।

793
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगीहरूले चालेको कदमप्रति आपत्ति जनाएको छ । नेपाली उद्योगीहरूले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको संघको आरोप छ ।

1381
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

उद्योग वाणिज्य संघ पाल्पाले गोर्खेकोटमा अत्याधुनिक सुविधासम्पन्न सिटी (बहुद्देश्यीय) भवनको निर्माण थालनी गरेको छ । ठूला कार्यक्रम सञ्चालन गर्नका समस्या भएपछि संघको पहलमा हल निर्माण थालिएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनले पर्यटकीय नगरी पाल्पा जिल्लाको हावापानी र मौसम उपयुक्त भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार गोष्ठी सञ्चालनका लागि उपयुक्त सिटी हल नभएकाले निर्माण थालिएको बताए ।

717
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

पोखराको न्युरोडमा अत्याधुनिक सुविधा भएको सिटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट संचालनमा आएको छ । पोखराका केही व्यवसायीको लगानीमा सबै वर्गलाई लक्षित गरी पोखराको व्यापारिक केन्द्र न्युरोडमा रेस्टुरेण्ट संचालनमा ल्याएको सिटी स्क्वायर व्यान्क्वेट एन्ड रेस्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले बताए ।

798
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

औद्योगिक र ब्यापारिक ‘हब’ बन्दै गएको रुपन्देहीमा जल पर्यटन व्यवसायमा पनि लगानी बढ्न थालेको छ । सोही क्रममा रुपन्देहीको तिलोत्तमा नगरवापलका–९ मंगलापुरमा काठमाडौं बाहिरकै पहिलो ठूलो लगानीको वाटर पार्क सञ्चालनमा आएको छ ।

946
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

नेपाल हस्तकला महासंघद्वारा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला २०७४ काठमाडौंको त्रिदेवीमन्दिर परिसरमा शुक्रबारदेखि सुरु भएको छ । उक्त मेलामा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख हरि प्रभा खड्गीले उद्घाटन गरिन् ।

999
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बन्द रहेको बुटवल धागो कारखानामा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरू राख्ने प्रदेश सरकारले तयारी गरेसंगै उद्योगीहरूले भने कारखाना सञ्चालनमा ल्याउने वातावरण बनाउन माग गरेका छन् ।

1004
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

नेपाल चेम्वर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई चेम्वरले बधाइ दिँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्वरले गरेको छ ।

966
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

नवलपरासीको शाश्वत धाममा ३५ औं बसन्त महोत्सव सुरु भएको छ । धर्मो रक्षति रक्षित (धर्मको रक्षा गरे धर्मले हामलाई रक्षा गर्छ) भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शाश्वत धाममा बसन्त महोत्सव सुरु भएको हो ।

629