कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

सिभासले बजारमा आफ्नो नयाँ सिभास एक्सभी ल्याएको छ सिभास ब्रान्डको यो नयाँ ह्विस्की, १५ वर्ष पुरानो ब्लेन्डेड स्कच ह्विस्की भएको भन्दै कम्पनीले यसमार्फत संसारभर अब रमाइला क्षणहरू सिभासमय बन्ने पनि जनाएको छ । सिभास एक्सभी विश्वका सबै प्रमुख विमानस्थलहरूमा उपलब्ध रहेको तथा नेपाली बजारमा डिसेम्बर १ देखि उपलब्ध रहेको भन्दै कम्पनीले १०० सिएलको सिभास एक्सभीको खुद्रा १० हजार २ सय रुपैयाँ भएको पनि जनाएको छ ।

1030
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

कारोबार राष्ट्रिय आर्थिक दैनिकको नवौं वार्षिकोत्सवको अवसरका शनिबार केक काट्दै टीबीआई पब्लिकेसन्सका प्रबन्ध निर्देशक शिशीर भट्ट, कारोबार दैनिकका सम्पादक कुबेर चालिसे तथा कारोबारकर्मीहरू ।

706
मीनकुमार नवोदित
आइतवार, पुष १, २०७५

विराटनगरका प्रतिष्ठित तीन ठूला औद्योगिक घरानाले (सिनेमा हल) मनोरञ्जन क्षेत्रमा लगानी गरेका छन् । सरकारी नीति, मजदुर अभाव, विदेशी उत्पादनसँगको प्रतिस्पर्धामा ह्रासलगायतका कारण उद्योगीहरूले आफ्नो लगानीलाई सेवामूलक क्षेत्रमा लगाउन थालेका हुन् ।

1444
महेन्द्र सापकोटा
शनिवार, मंसिर २९, २०७५

केही वर्ष अघिसम्म चुलो चौकामा मात्र सीमित महिलाहरू पछिल्लो समय आफैं आत्मनिर्भर हुन थालेका छन् । घर भित्रकै काम काजमा सीमित महिलाहरू समाज परिवर्तनसंगै आत्मर्निभर हुन थालेका हुन् । यसको नमुना बनेकी छन् दैलेखको साविकको पगनाथ गाविस वडा नं. ९ र हालको भगवतीमाई गाउँपालिका वडा नं. १ निवासी गीताकुमारी खत्री ।

1235
नीरज पिठाकोटे
शनिवार, मंसिर २९, २०७५

नेपालको भू–राजनैतिक दृष्टिकोणमा निकै महत्वपूर्ण रहेको वीरगन्ज आर्थिक रुपमा पनि उक्तिकै महत्व बोकेको स्थान हो । जहाँनिया राणाशासनको अन्त्यका लागि गरिएको आन्दोलन होस या प्रजातन्त्र प्राप्तीको लागि गरिएको आन्दोलन होस्, अथवा प्रजातन्त्रपछि पनि गणतन्त्रका लागि गरिएको आन्दोलन होस या अधिकारको नाममा गरिएको आन्दोलन वीरगन्ज उत्तिकै चर्चामा आउने गरेको छ ।

708
गोपाल पोखरेल
शनिवार, मंसिर २९, २०७५

तीन वर्षअघि झण्डैझण्डै बन्द हुने अवस्थामा पुगेको सरकारी स्वामित्वमा रहेको मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेण्ट उद्योगले मंसिरको पहिलो सातादेखि अहिलेसम्मकै किर्तिमानी उत्पादन सुरु गरेको छ । मन, बचन र कर्मले संलग्न सबैले काम गर्ने हो भने बन्द हुने अवस्थामा पुगेका अन्य उद्योग तथा कलकारखाना समेत सुधार्न सकिन्छ भन्ने उदाहरणसमेत उदयपुर सिमेन्ट उद्योगबाट मिलेको छ ।

1564
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

अन्तर्राष्ट्रिय टेक्नोलोजी समूह एन्ड्रिजले तेस्रो सेवाग्राही दिवस काठमाडौंमा अवस्थित होटल हयात रिजेन्सीमा मंगलबार मनाएको छ । कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल र भारतका लागि आस्ट्रियाको राजदूत ब्रिगेट ओपिंगर वाल्चशोफरबाट संयुक्त रूपमा भयो ।

866
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका बीचमा महसञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’का लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

802
लक्ष्मी सापकोटा
शनिवार, मंसिर २९, २०७५

मुलुक संघीय संरचनाअनुसार बजार अनुगमन तथा उपभोक्ता सचेतनाको काम स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । केन्द्रमा वाणिज्य तथा आपूर्ति व्यवस्था पनि विभागले बजार हेर्ने गर्छ । विभागले अनुगमनसँगै उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गर्ने गर्छ । केन्द्रसँगै प्रदेश र स्थानीय तहलाई बजार अनुगमन गर्ने जिम्मा दिएको छ ।

540
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

नेपालकै चर्चित ब्रान्ड गोल्डस्टारको आधिकारिक सोरुम पोखरामा स्थापना भएको छ । गण्डकी प्रदेशकै पहिलो सोरुमको रूपमा पोखराको सिद्धार्थचोकमा तीन जना युवाको लगानीमा गोल्डस्टारका उत्पादन बिक्री गर्ने उद्देश्यले उक्त सोरुम स्थापना गरिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

577
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेको छ । उद्योगमन्त्री मातृका यादवको अध्यक्षतामा बिहीबार बसेको नेपाल गुणस्तर परिषद्को ९९औं बैठकले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड गुणस्तर स्वीकृत गरेको हो ।

663
किरण आचार्य
शुक्रवार, मंसिर २८, २०७५

दूध तथा दुग्ध पदार्थको गुणस्तर सुधार गर्न सरकारले नयाँ निर्देशिका लागू गरेको छ । खाद्य ऐन २०२३ को नियम ३३ क अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सुधार निर्देशिका २०७५’ लागू गरेको हो । गत असोज ४ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले स्वीकृत गरेको निर्देशिका तीन महिनापछि स्वतः लागू हुनेछ भने लागू गर्ने मुख्य निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका निकाय हुनेछन् ।

1054
सरस्वती ढकाल
शुक्रवार, मंसिर २८, २०७५

वैकल्पिक व्यवस्था नगरी मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा हटाएको भन्दै आन्दोलित कपडा व्यवसायीको मागलाई सरकारले सम्बोधन गर्ने प्रयास गरेको छ । सरकारले कच्चा पदार्थ आयातमा छुट, ब्याजदरमा अनुदान तथा विद्युत् महशुलमा पनि छुट दिएर स्वदेशी उद्योग संरक्षण दिने निर्णय गरेको हो ।

832
महादेव अवस्थी
बिहिवार, मंसिर २७, २०७५

कञ्चनपुरको कृष्णपुर नगरपालीका २ बाणी मुक्त कमैया शिविरमा होमस्टे सञ्चालनमा आएको छ । शिविरमा बस्दै आएका चौधरी महिलाहरूले बिजयसाल समाुदायीक होमस्टे सञ्चालनमा ल्याएका छन् । महिलाहरूले होमस्टे सञ्चालनका लागी समिति बनाएर काम गरिरहेका छन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थारु महिलाहरूले हरियो वन नेपाल र सामुदायीक वनको सहयोगमा होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

1002
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला–२०७५’ को आयोजना गरिने भएको छ ।

902