सागर परियार
सोमवार, बैशाख १७, २०७५

नेपाल टेलिकम दूरसञ्चार कार्यालय जुम्लाका सेवाग्राही, उपभोक्ताहरूले आफूहरू ठगिएको बताएका छन् । टेलिकमको कुनै पनि सेवा प्रभावकारी नभएको दाबी गर्दै आफूहरू ठगिएको सेवाग्राहीको भनाइ छ । हाल दूरसञ्चार कार्यालयबाट प्रवाह भइरहेको एडीएसएल इन्टरनेट सेवा, ल्यान्डलाइन फोन सेवा र स्काई, नमस्ते प्रिपेड सेवाले राम्रोसँग काम नगर्दा आफूहरू सेवामा ठगिएको उपभोक्ताले बताएका हुन् ।

1535
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

दैलेखमा औद्योगिक लगानी वर्ष–२०७५ को कार्य प्रारम्भ गरिने भएको छ । बेरोजगार युवाहरुलाई लक्षित गर्दै उद्योग वाणिज्य संघ दैलेखले औद्योगिक हब बनाउने तयारी गरेको हो ।

1019
सरस्वती ढकाल
आइतवार, बैशाख १६, २०७५

सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले एकलबिन्दु सेवा केन्द्र स्थापनाको काम अगाडि बढाएको छ । औद्योगिक व्यवसाय ऐन २०७३ को कार्यान्वयनस्वरुप एकलबिन्दु सेवा केन्द्र स्थापनाको काम अगाडि बढाइएकोे हो ।

1707
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठूलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत कार्माले उद्घाटन गरेका छन् ।

999
लक्ष्मी सापकोटा
शुक्रवार, बैशाख १४, २०७५

सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ । सरकारी स्वामित्वमा खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउन लागिएको हो । कम्पनीले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने छ ।

1797
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

एसियाको नोबेल पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इन्डस्ट्रिज सहकार्य गर्ने भएका छन् ।

1063
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियानअन्तर्गत ४० भाग्यशाली विजेताको छनोट भएको छ । उनिहरू सबैले रसिया पुगेर त्यहाँ लाग्ने सम्पूर्ण खर्चसहित कम्पनीले बेर्होने गरी रसियामा हुने विश्वकप–२०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । यो योजना फेब्रुअरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो ।

1243
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

कैलाली उद्योग वाणिज्य संघको यही वैशाख २२ गते हुन गइरहेको निर्वाचनमा नक्कली सदस्य थपिएको भन्दै मतदाताहरुले विरोध गरेका छन् । बुधबार उद्योग वाणिज्य संघ, कैलालीका मतदाताहरुले प्रदेश नं.७ को मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै चुनाव अगाबै नक्कली सदस्यका बारेमा छिनोफानो नभए उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

873
मीनकुमार नवोदित
बिहिवार, बैशाख १३, २०७५

सरकारले चिनीको आयातमा भन्सार महसुल वृद्धि गरेकोमा उद्योगी व्यवसायीहरूले आपत्ति जनाएका छन् । सरकारले यही वैशाख ४ गते चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल कर लगाएको छ । यसअघि १५ प्रतिशत थियो ।

4112
दीननाथ बराल
बुधवार, बैशाख १२, २०७५

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट सेलको पोखरामा नयाँ शाखा विस्तार भएको छ । पोखरामा ४ जना युवाको समूहले पोखराको महेन्द्रलमा करिब ३० लाखको लागतमा स्मार्ट सेल बिक्री वितरण गर्नका लागि नयाँ शाखा स्थापना गरेका हुन् । उक्त शाखा कार्यालयको एक–एक समारोहकाबीच मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नायिका स्यारोन श्रेष्ठ, धर्मानुशासक मीन गुरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

910
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

वैशाख १३ देखि ब्राजिलमा सुरु हुन गइराखेको इन्टरनेसनल ट्रेड फेयर फर मेसिनरी एण्ड इक्वीपमेन्टस्मा भाग लिन नेपालका उद्योगी÷व्यवसायीहरूको टोली ब्राजिल जान लागेको हो । नेपाल ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल ब्राजिल जान लागेको संघले जनाएको छ ।

1158
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ई–सेवामार्फत विद्युत्को बिल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । केन्द्रले यसै सातवाट मोबाइलको एप्लीकेसनमार्फत विद्युत्को बिल भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको हो ।

2496
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

विराटनगर विमानस्थलको स्तरोन्नति सुरु गरिएको छ । पूर्वका उद्योगी व्यवसायीहरूले लामो समयदेखि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा स्तरोन्नति गर्न माग गर्दै आएको थिए । तत्कालका लागि क्षेत्रीय भए पनि अहिले नै अन्तर्राष्ट्रियस्तरको बनाउने सम्भावना भने छैन । विस्तारका लागि विमानस्थलसँग पर्याप्त जग्गा छैन । स्तरोन्नति सुरु गरिएपछि दिउँसो २ बजेबाट सम्पूर्ण उडान बन्द गरिएको छ ।

1551
सरस्वती ढकाल
मंगलबार, बैशाख ११, २०७५

भन्सार असुलीमा सन्दर्भ मूल्यसूची वा व्यापारीले खरिद गर्ने वस्तुको बिलमध्ये कुनलाई आधार मान्ने भन्नेमा सरकार र व्यवसायीबीच विवाद चर्किएको छ । सरकार जसरी पनि सन्दर्भमूल्य नै लागू गर्ने पक्षमा छ भने व्यापारीहरू वस्तुको खरिद बिललाई आधार बनाउनुपर्नेमा अडिग छन् । सोमबार चेम्बर अफ कमर्समा आयोजित एक कार्यक्रममा पनि व्यवसायी र उच्च सरकारी अधिकारीहरू आफ्नो अडानबाट टसमस भएनन् ।

1124
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

नेपालमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्न दुई दिने मेक नेपाल ग्रीन (नेपाललाई हरियाली बनाउ) सम्मेलन हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा हुने सम्मेलनमा नेपालका कृषि तथा प्राङ्गारिक (अग्र्यानिक) कृषिसँग सम्बन्धित विज्ञ तथा सरोकारवालाको सहभागिता हुनेछ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउन ‘हरियो नेपाल, समृद्ध नेपाल’ मूल नाराका साथ सम्मेलनको आयोजना हुन लागेको आयोजकले जनाएका छन् ।

980