कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले ‘नितेश जंगकुँवर’को साथमा प्रिभे नेपाल, होटेल सोल्टी क्राउन प्लाजामा आयोजित टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनका लागि नेपाल आएका छन् । उनीहरूको २ दिने नेपाल भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९ मा नितेशजंग कँुवरसँग प्रस्तुति दिएका छन् र उनीहरूको संगीतप्रेमीहरूलाई उनीहरूसँग भेट गरी अन्तरक्रिया गर्ने मौका दिएका छन् । टुबोर्गले सामाजिक सञ्जालहरूमा डिजिटल अभियान सञ्चालन गरी इच्छुक दर्शकहरूलाई उक्त कार्यक्रमको पासहरू प्रदान गरेको थियो । अब, नितेशजंग कँुवरले क्लिन ब्यान्डिटलाई काठमाडौंको भ्रमण गराउने कम्पनीले जनाएको छ । दर्शकहरूको अनुभव नै क्लिन ब्यान्डिटको नेपाल भ्रमणको पहिलो प्राथमिकता छ जहाँ, उनीहरू नितेशको संगीत झल्किने स्थानिय संस्कृतिमा झुम्नेछन् ।

178
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सुदूरपश्चिम प्रदेश सरकारले सरकारी क्षेत्रबाट बस सेवा सञ्चालनको तयारी गरिरहेको छ । प्रदेशको भौतिक विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराउन थालेको हो । निर्देशनालयले ग्रिड कन्सल्ट प्रालिलाई प्रदेशमा सरकारी क्षेत्रबाट बस सेवा सञ्चालन गर्ने सम्बन्धीमा अध्ययन गर्न खटाएको छ ।

222
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामका लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बन्डलिङ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

169
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

अन्नपूर्ण आधारशिविरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आउँदो जेठ १७ गतेदेखि कास्कीको अन्नपूर्ण गााउँपालिकाअन्तर्गत घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ १७ देखि २० गतेसम्म पर्यटन प्रबद्र्धन हुने उद्देश्यले घान्द्रुकमा उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

197
मनोरञ्जन शर्मा
बुधवार, जेठ १, २०७६

मुलुककै पहिलो विशेष आर्थिक क्षेत्रमा स्थापित पहिलो उद्योगले उत्पादन सुरु गरेको छ । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा पहिलो उद्योगका रूपमा स्थापना भएको शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको हो ।

599
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाडौँमा हुने भएको छ ।

449
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

दोहा, कतार–रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौंमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामग्री प्रदान गरेको छ । उक्त कार्यक्रम ११ मे २०१९ शनिबारको दिन काठमाडौंको कमलादीस्थित सीडब्लू पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।

315
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

दोलखा उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिले ४ वर्ष अघि भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । संघको २२ औं वार्षिक साधारणसभाबाट निर्वाचित भएको भोलिपल्टै शपथग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले ६ महिनाभित्र भवन पुनर्निर्माण गरेर सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने घोषणा गरे ।

351
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

रोयल पेन्ट्स प्रालिको ग्राहक उपहार योजनाअन्तर्गत बम्पर उपहार ३५० सीसीको बुलेट बाइक बिर्तामोडको सत्य नारायण हाडवेयरका ग्राहक सुनिल शाहले जितेका छन् । रंङ उत्पादनको क्षेत्रमाम छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सीसीको बुलेट बाइक शाहले जितेका हुन् ।

259
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

हाल काठ्माण्डौंमा सञ्चालन भइरहेका मलहरूको तुलनामा अझ थप सुविधा तथा पूर्वाधारसहित नया बानेश्वर, काठमाडौंमा ५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरूको ‘फुडकोर्ट’ युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने ‘इभेन्टजोन’ कफी बारसहितको आइप्लेक्स मल १ महिनाभित्रै सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।

288
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले ५ दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो ।

278
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

स्प्राइटको डबल डोज रिफ्रेस पनि रिचार्ज पनि क्याम्पेन धमाकेदार रुपमा सफलतापूर्वक समाप्त भएको छ । फेब्रुअरी १ गतेबाट सुरु भएको उक्त क्याम्पेनले उपभोक्तामाझ रौनक बढाउनुका साथै उत्साहजनक सहभागिता र प्रतिक्रिया पाएको थियो । यस अफरमार्फत देशभरका ९.१४ भन्दा बढी भाग्यशाली विजेताहरू १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् ।

288
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानलका ईश्वर चिपालु विजयी भएका छन् । लोकतान्त्रिक प्यानलका देवेन्द्र शंकरलाई फराकिलो मतान्तरसहित चिपालु नेतृत्वको प्रजातान्त्रिक प्यानल नै विजयी भएको हो ।आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईश्वर चिपालुले २ सय ४१ मतअन्तरसहित प्रगतिशील प्यानलका देवेन्द्र शंकरलाई पराजित गरेका हुन् । चिपालुले ६ सय ३४ मत ल्याउँदा शंकरले ३ सय ९३ मत मात्र प्राप्त गरेका थिए । चिपालु यसअघिका वरिष्ठ उपाध्यक्ष र शंकर कोषाध्यक्ष थिए ।

206
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

विगत नौ वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले हाल विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाइवर इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । यस कम्पनीसँग हाल १०० जीबीपीएसको फाइबर ब्याकबोन छ भन्दै कम्पनीले एयरटेल र टाटाबाट देशका तीन नाकाबाट आफ्नै लगानीमा इन्टरनेटको ब्यान्डविथ भित्रायाएको बताएको छ ।

363
कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६

हेटौंडामा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले भर्खरै मात्रमा बजारमा ल्याएको ओपीसी सिमेन्टका बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायीहरूको सम्मेलनको आयोजना गर्दै आउने क्रममा आइतबार पोखरास्थित सिटी स्क्वायर बैंकेटमा निर्माण व्यवसायीहरूको सम्मेलन आयोजना गरेको छ ।

191