कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

भाइब्रेन्ट गोवाःग्लोबल एक्स्पो एन्ड समिट–२०१९ को रोड शोको क्रममा १७ वटा रोड शो विभिन्न मुलुकमा गरी १८ औं रोड शो नेपालमा गर्ने क्रममा भाइब्रेन्ट गोवा टोलीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गरे । उक्त अवसरमा भाइब्रेन्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकरले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोबारे प्रकाश पारे । उक्त एक्स्पोले गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यावसायिक अवसरप्राप्त भई व्यवसाय तथा ज्ञानको आदान–प्रदान करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीबीच हुने धारणा राखे ।

166
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरूप गण्डकी प्रदेशको पोखरामा शनिबार एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए भने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।

196
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

149
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभअवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना नेपाली बजारमा ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक ६० हजार रुपैयाँ (भ्याटसहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्ने भन्दै कम्पनीले योजनामा ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत बम्परमा १० तोला सुन, १० भाग्यशाली ग्राहकले स्मार्टफोन र ३ भाग्यशाली ग्राहकले एलईडी टिभी जित्ने अवसर प्राप्त गर्न सक्ने बतायो ।

156
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरूले बताएका छन् । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारणसभामा बोल्दै कवाडी व्यवसायीहरूले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरूले नमान्ने बताए । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरू पलायन हुने र लाखौंको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव दिए । उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरे ।

89
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने उद्देश्यले काठमाडौंको बसुन्धरामा नयाँ तालिम केन्द्र ‘इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुसन प्रालि’ सञ्चालनमा आएको छ । बेलायतका विभिन्न तालिम प्रदायक संस्थाबाट मान्यता प्राप्त उक्त ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्नुका साथै प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।

102
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

गणतन्त्र इन्डोनेसियाको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक समारोहकाबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इन्डोनेसियाको झन्डोत्तलन गरे । कार्यक्रममा नेपालमा बसोबास गरिरहनुभएका इन्डोनेसियन नागरिकहरू, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आईएमईमा कार्यरत कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै ढकालले इन्डोेनेसियको शान्ति र समृद्विको कामना गरे ।

107
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

नेपाल उद्योग वाणिज्य महासंघको रिक्त कोषाध्यक्ष पदमा वर्तमान कार्यकारिणी समिति सदस्य निरक केसी मनोनीत भएका छन् । महासंघ कार्यकारिणी समितिको शुक्रबारको बैठकले सुर्खेतका केसीलाई निर्विरोध निर्वाचित गरेको हो । महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको १३ औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित भएको महासंघले जनाएको छ । अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइन् ।

47
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

जिल्ला अदालत मकवानपुरले बहुर्राष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु २ लाख रुपैयाँ जरिवाना गरेको छ । माउन्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।

215
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

रोटरी क्लब अफ धुलिखेल, आईईडी नेपाल र धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा धुलिखेलमा आधुनिक सिलाइ केन्द्रको स्थापना भएको छ । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा स्थापना भएको यो सिलाइ केन्द्रमा स्यानिटेरी प्याडको तालिम तथा १५ हजार स्यानिटेरी प्याड उत्पादन गरिनेछ ।

197
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

मोरङ व्यापार संघको नयाँ नेतृत्वले अघि सारेको १० हजार बिरुवा रोप्ने कार्ययोजनाअन्तर्गत मोरङको थलाहास्थित नेपाली सेनाको व्यारेकमा १ हजार बिरुवा रोपेको छ । प्रकाश मुन्दडा नेतृत्वको समितिले सूर्यदल गण परिसरमा विभिन्न जातका फलफूलसहित विरुवा रोपेको हो । एशियन थाई फुड्स प्रालिको सहयोगमा विरुवा रोपिएको अध्यक्ष मुन्दडाले जानकारी गराए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले पहिलो चरणमा १ हजार विरुवा रोपेको जानकारी दिए ।

170
मनिषा चम्लागाईँ
सोमवार, भदौ २, २०७६

झापाको बिर्तामोडमा कपडा बैंक स्थापना भएको छ । महिला उद्यमी संघ झापा नेपाल, रोटरी क्लब अफ बिर्तामोड र देबी पञ्चकन्या मर्निङ वाक ग्रुपको अगुवाईमा बिर्तामोडमा कपडा बैंक स्थापना भएको हो । पुराना कपडा संकलन तथा वितरण गर्ने उदेश्यले कपडा बैंक स्थापना गरिएको कार्यक्रमका संयोजक सुरेशकुमार वंशलले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

279
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

नेपालले उपभोक्ताहरूलाई यस वर्षकै सबैभन्दा ठूलो प्रोमोस्नल क्याम्पेन ‘कोकाकोला क्यापमा कार अफर’ ल्याएको जनाएको छ । कोकाकोला ब्रान्ड सधैंभरि उपभोक्ताहरूसँग अनुपम क्याम्पेनको माध्यमबाट जोडिदै आइरहेको छ साथै उपभोक्ताहरूलाई रोमाञ्चक तथा अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आइरहेको भन्दै यसपटक कोकाकोलाले उपभोक्ताहरूलाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरेको जनाएको छ ।

273
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

पार्टी प्यालेस व्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् । स्थानीय प्रशासनको यस्तो निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

655
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे«ड सेन्टर (डीईसीसी नेपाल) मा यही भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालले जनाएको छ ।

411