कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७
369

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विशेष सेवामा छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । सहकार्यपछि बैंकका कार्डवाहक ग्राहकले ग्रुपका होटल, रेस्टुरेन्टमा खानपान गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्छन् ।
बैंकका कार्डमार्फत् भुक्तानी गर्दा होटल बसाइमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौतापत्रमा कुमारी बैंक रिलेसनसिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका सेल्स तथा मार्केटिङ निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।