कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
870

बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट यसमा नछोइकन आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।
नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिने भन्दै कम्पनीले बाल्ट्राको ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको तथा बैंक, स्कुल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुराँहरुका लागि उपयुक्त रहेको पनि जनाएको छ ।