कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
462

नेपाल मुद्रण उद्योग महासंघले नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा समावेस गराउन केहि सुझावहरु पेश गरेको छ । महासंघले कोरोना भाइरसको सम्भावित संक्रमण तथा सोको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले
जारी गरेको लकडाउनका कारण समग्र अर्थतन्त्रमा गम्भिर नकरात्मक प्रभाव पारेको जनाएको छ । केही समययता लकडाउन खुकुलो भएर व्यवसाय सञ्चालन भएपनि कोरोनाको त्रास भने बाँकी नै रहेको भन्दै महासंघले मुद्रण उद्योगमा दीर्घकालीन असर परेको जनाएको छ । कोरोनाका कारण अझै पूर्ण रुपमा व्यवसाय सञ्चालन हुन नसकेको भन्दै महासंघले सरकारले कुनै राहत तथा सहुलियतको व्यवस्था नगरे व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउने जनाएको छ

महासंघले मुद्रण उद्योगी एवं व्यवसायीलाई तात्कालिन र दीर्घकालीन असरबाट बचाउन तथा मुद्रण उद्योगको क्षेत्रलाई निरन्तरता प्रदान गर्ने वातावरण सृजनाका लागि आवश्यक सहयोगको अपेक्षा राख्दै राष्ट्र बैंकबाट जारी हुन लागेको मौद्रिक नीतिमा मुद्रण व्यावसायको दिगो विकासमा ध्यान दिन सुझाव दिएको छ ।
महासंघले सुझावपत्रमाव् यावसायीहरुले व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा कर्जाको साँवा व्याज तिर्नुपर्ने तालिकालाई संशोधन गरी व्यावसाय सहज रुपमा सञ्चालन गर्न सकिने अवस्थामा पुगेपछिको मितिले २ वर्षभित्र बुझाउन हुने गरी कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्नुपर्ने माघ अघि सारेको छ ।
त्यसैगरी व्यवसाय सञ्चालन नहँुदा पनि भुक्तानी गर्नुपर्ने खर्चहरु जस्तै तलव, ज्याला, घर÷जग्गा बहाल, ब्याज जस्ता दायित्वहरु रहिरहने तथा व्यावसाय सञ्चाल नहुँदा आवश्यक पर्ने चालू पुँजीका लागिसमेत प्रयोगमा आउने गरी पर्याप्त पुनर्कर्जाको व्यवस्था गरी बढीमा ५ प्रतिशत व्याज दरमा पुनर्कर्जा सुबिधा उपलब्ध गर्नु पर्ने माग राखेको छ ।