कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
436

कीर्तिपुर शहरले नयाँ ब्रान्ड ‘सिटी अन द हिल’ को ब्राण्ड लोगो अनावरण गरेको छ । यस ब्रान्डको कीर्तिपुरमा आयोजित ‘ब्रान्ड इन्डोरसेन्ट’कार्यक्रममा अनावरण गरिएको थियो । यससँगै यो शहर नेपालका पहिलो औपचारिक ब्राण्डिङ्ग भएको शहर बनेको छ ।
कार्यक्रममा ब्रान्ड विवरण, लोगो र अभियानहरू लगायतकामा विषयमा प्रस्तुती गरिएको थियो । कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले वर्तमान महामारीको कारण यस्तो ऐतिहासिक उपलब्धि सार्वजनिक गर्न नसकिइएको बताउँदै कीर्तिपुरले महामारी पछि भने पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कीर्तिपुरको खाना, उत्सव, संस्कृतिमा छुट्टै विशेषता रहेको बताउँदै कीर्तिपुर शहरलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । शहर ब्राण्डिङ्गले विगतमा पर्यटन व्यवसायलाई विभिन्न संकटबाट उकास्न मद्दत पुर्याएको बताउँदै उनले कीर्तिपुरलाई पनि नयाँ ब्राण्डिङ्गल आन्तरिक र विदेशी पर्यटकहरूमाझ स्थापना गर्ने बताए ।