कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
929

लिभोनको ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ विजेता घोषणा गरिएको छ । शनिबार आयोजित विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताको नाम अँकित कुपन मध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् ।
जसअनुसार यो महिनाका लागि ‘सिल्की हेयर एन्ड स्मुथ राइड’को यामाहा फेसिनो बाइक विजेता कुपन नं ३३४० बाट निशा सुनुवार बनेकी छन् । उक्त ग्रान्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताले लिभोनका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ उपभोक्ता योजना सञ्चालन गरेको थियो । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरू खरिद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको थियो ।
यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहनेछ । यो प्रतियोगिताको अवधिभरि सुरक्षाको सम्पूर्ण मापदण्ड अवलम्बन गर्ने प्रतिबद्धता लिभोन र भाटभटेनीले गरेका छन् ।
जुन मेरिकोको एक स्थापित ब्रान्ड लिभोनले केश स्याहारको दायरामा विविध उत्पादनहरू निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिमआयल), इन–वास (स्याम्पु, कन्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादन बजारमा उपलब्ध गराएको छ ।