कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
496

भक्तपुर घरेलु तथा साना उद्योग संघले असार १५ को अवसर पारेर भक्तपुर जिल्लाकी प्रहरी उपरीक्षक तारादेवी थापा र सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाललाई सम्मान गरेको छ ।
भक्तपुरका घरेलु तथा साना उद्यमी व्यवसायीले उत्पादन गरेका स्थानीय मौलिक बस्तु दिएर सम्मान तथा स्वागत गरिएको हो । संघले घरेलु तानमा बुनिएको हाकुपतासी र गा (महिलाले ओढ्ने रातो किनारा भएको सेतो खास्टो), मौलिक उत्पादन टाइचिन चिउरा र जुजु धौ (दही) दिएर प्रहरी उपरीक्षक थापालाई स्वागत गरिएको छ । प्रहरी उपरीक्षक थापा असार ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएर जिम्मेवारी सम्हालेकी छन ।

यसैगरी भक्तपुर सरुवा भएर आएका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाललाई पनि संघले स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा संघका अध्यक्ष बिरेन्द्र जतीले भक्तपुरमा उत्पादन भएका मौलिक बस्तुले स्वागत गरेर भक्तपुरको कलासंस्कृतीलाई चिनाउन खोजेको बताए । उनले साना तथा घरेलु उत्पादनहरुको बिक्री वितरणमा प्रहरी र प्रशाषनको सहयोगको अपेक्षा गरेको बताए । सो अवसरमा प्रहरी उपरीक्षक थापाले भक्तपुर घरेलु तथा साना उद्योगको विकासमा प्रहरी सहयोग गर्ने प्रतिब्द्धता व्याक्त गरिन ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी ढकालले नेपाली समुदायको मौलिक उद्यम र सीप लोपोन्मुख हुँदै गएकोमा दुःख व्यक्त गदै देश विपतमा परेको बेला साना उद्यमीले सहयोग गदै आएको बताए । उनले साना तथा घरेलु उद्योगको विकासका लागि हराउदै गएको कृषिमा आधारित उद्यमलाई प्रोत्साहित गदै जानु पर्ने बताए । सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोध साह, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले मन्तव्य राखेका थिए ।