कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
373

क्रिएशन नेपालले द कोका—कोला फाउन्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।
टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीलाई रक्षात्मक जमसुट र खाध्यान्न सामग्रीका प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सविन प्रधानको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको थियो । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढि राशन प्याकेजहरु र १७५ रक्षात्मक सामग्रीहरु प्रदान गरएको छ ।
यी वितरण कार्यक्रमहरु हाम्रा पार्टनरहरु वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा सञ्चालन भइसकेका छन् ।
सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट सुरु भएको हो जसमार्फत हालसम्म एक हजार भन्दा बढि सफाईकर्मीहरु खाध्य सामग्री र रक्षात्मक सामग्री साथ—साथै जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् ।
यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोरोना महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा सुरु गरिएको थियो ।
यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “यो कोभिड—१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाईकर्मीहरुको योगदानलाई महसुस गर्न महत्वपूर्ण छ । उनीहरुले सामना गरिरहेको चुनौति र कठिनाइहरुका बाबजुद, उनीहरुले आफ्नो काम जारी राखिरहेका छन् । उनीहरु पनि अन्य व्यवसायी–डाक्टर र सुरक्षा गार्डहरु जस्तै समान रुपमा अग्रपंतिमा छन् र उनीहरुलाई आभार प्रकट गर्नु महत्वपूर्ण छ ।”
कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी सबै अग्रपंतिका शाहसी सफाईकर्मीहरुलाई हार्दिक आभार प्रकट गर्दछौं । हामी सबै सफाईकर्मीहरुको साथमा छौं र क्रिएशनसंगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाईकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछौं ।”