प्रकाश लम्साल
बिहिवार, जेठ १५, २०७७
366

बारा-भारतबाट फर्किएका अधिकांश संक्रमित जिल्लामा बढेसँगै बारामा रहेको नेपाल आयल निगमको अमलेखगन्ज डिपोले उच्चसुरक्षा सतर्कता अपनाएको छ ।
पेट्रोलियम पदार्थ पेट्रोल लिन भारत जाने ट्यांकर चालक र डिपोका कर्मचारीलाई आयल निगम डिपो अमलेखगन्जले संक्रमण रोक्न सुरक्षाको सबै विधि अपनाएको छ । लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थको माग बढदै जान थालेपछि दर्जनौं ट्यांकर भारतको बरौनी र रक्सौल जान थालेका छन् भने पाइपलाइनबाटै डिजल आउने हुँदा डिपोबाट पम्पहरूमा पठाउन थालेपछि टयांकरहरू भित्रने क्रम बढेपछि संक्रमणको सुरक्षामा कडाइ गरिएको हो ।

भारत जाने पेट्रोलियम ट्यांकरलाई डिपोभित्रै अत्याधुनिक स्यानिटाइजर टनेलमा स्प्रे गर्ने, चालक सहचालकलाई पीपीई सेट लगाई शारीरिक तापक्रम चेकजाँच गरेर पठाउने गरेको डिपोका प्रादेशिक प्रमुख भरत रेग्मीले बताए । डिपोभित्र प्रवेश गर्ने चालकलाई ग्लोब्स, मास्क, स्यानिटाइजर निगमले निःशुल्क उपलब्ध गराएकाले अनिवार्य प्रयोगसहित ट्यांकरलाई डिपोमा भित्रने बेला स्यानिटाइजिंग टनेलमा स्प्रे गरी भित्र्याउने र चालकको शरीर बुथमा स्प्रे गरी, मास्क ग्लोब्स, स्यानिटाइजर लगाएरमात्र प्रवेश अनिवार्य गरइएको छ ।
भारतबाट आउने ट्यांकरलाई सबै मापदण्ड अपनाई डिपो प्रवेश गरेको २४ घण्टापछि मात्र अनलोड गराउने र चालकहरूलाई भारतबाट आएका दिन डिपोमै चेकजाँच गरी बाहिर पठाइने र २४ घण्टापछि प्रवेश गराइने निगमले जनाएको छ ।
उद्योगहरू मापदण्डमा सञ्चलनमा आएपछि र ठूला आयोजनाले काम थालेसँगै अमलेखगन्ज डिपोमा विगतमा झंै चाप बढने सम्भावनालाई मूल्यांकन गर्दै संक्रमण रोक्न डिपोले लोडिंग, अनलोडिंग, प्रवेशमार्ग, व्यवसायी प्रवेशद्वारलगाएतका स्थानमा नेपाली सेनाले सुरक्षा जाँच र निगरानी गर्ने गरेको छ ।
बुटबलदेखि काठमाडांै–पोखरा हँुदै विराटनगरसम्म अमलेखगन्जबाटै डिजल सप्लाइ भइरहेको छ । भैरहवा विराटनगर डिपोमा भारतबाट ट्यांकरबाट नआएपछि अमलेखगन्ज डिपोबाट उक्तस्थानमा डिजल पेट्रोल निर्यात गर्न थालेपछि निगमले सुरक्षा सतर्कता कडा बनाएको हो ।
सातामा ३० ट्यांकर भारत जाने र भैरहवा नारायणगढ, काठमाडांै, पोखरा, विराटनगर, जनकपुर, र लहानसम्म अमलेखगन्ज डिपोबाट पठाउने गरिन्छ ।