कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
1045

होटल संघ नेपाल (हान)ले क्वारेन्टाइनका लागि लागत मूल्यभन्दा ५० प्रतिशत कम दरमा सेवा दिने जनाएको छ । कोभिड–१९का कारण स्वदेश फिर्ता हुने नागरिकलाई होटल क्वारेन्टाइन बनाउन दिनको लागि साविकको शुल्कभन्दा ५० प्रतिशत कममा सेवा दिने तयार रहेको हानले बताएको छ ।
अहिलेको परिस्थिति र सेवाभावलाई मध्यनजर गरेर हानले न्यूनतम ३ देखि १६ हजार रुपैयाँसम्ममा क्वारेन्टाइनका लागि कोठा दिन तयार भएको जनाएको छ । हानले यो दरमा रहेर सरकारलाई प्रस्ताव गरेको छ । यसको लागि हानको पूर्व शर्त भने पालन गर्नु पर्ने जनाएको छ । हानले आइतबार पर्यटन विभागलाई मापदण्ड सहितको प्रतिवेदन विभागलाई बुझाएको हो । हानले क्वारेन्टाइन बनाउनको लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउदैं विस्तृत विवरण बुझाएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए ।

अध्यक्ष संघकी सृजना राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सिर्जित राष्ट्रिय संकटलाई प्रत्यक्ष रूपमा न्यूनीकरण गर्न गराउन सघाउ पु¥याउन तयार रहेको जानएको हो । जसमा विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरूलाई क्वारेन्टाइनको रूपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आवद्ध सदस्य होटलहरूबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने जनाएको सोमवार जारि गरेको विज्ञप्तिमा भनिएको छ ।
हानले स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरूलाई समेत आवश्यकता अनुसार गर्न सकिने क्वारेन्टाइनको व्यवस्थाबारे पनि सो विवरण पत्रमा उल्लेख गरिएको छ । पर्यटकस्तरीय होटलमा भने सरकारले तोकेको बजेटमा स्वाथ्यकर्मी राख्न सकिने हान महासचिव साजन शाक्यले बताए । स्वास्थ मन्त्रालयले कोभिड–१९ का विरामीहरूको उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यावस्थापन सम्बन्धी मार्ग निर्देशन–२०७७ जेठ २ गते जारी गरे प्रति स्वास्थ्यकर्मी २ हजारमा खान बस्न सहितको व्यावस्थापन गर्नु पर्ने उल्लेख छ । हानले क्वारेन्टाइनको रूपमा होटलहरू उपयोग गरिँदा बस्ने पाहुनाहरूको चेकइन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको एकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुनु पर्ने ।
सरकारले होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रूपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरको मापदण्डहरूको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदाय समेत कोरोना संक्रमणबाट पूर्ण रूपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने पनि विवरण पत्रमा स्पष्ट उल्लेख गरिएको छ । क्वारेन्टाइन अवधिभरी उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थ्यवद्र्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुली लगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरू नेपाल सरकारको वर्गीकरणअनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरूमा लाग्ने अनुमानित खर्चहरूको शीर्षक अनुसार न्यूनतम आधारको रूपमा सबै सदस्य होटलहरूको जानकारी तथा प्रत्येक प्रतिष्ठान स्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरण पत्रमा भनिएको छ ।
पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरूमा कर्मचारीको उपलब्धता र भौतिक संरचना÷उपकरणहरूको संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रूपमा होटल संचालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरूले लिन सक्ने जनाइएको छ । साथै, क्वारेन्टाइनको रूपमा संचालन गर्न सकिने होटल प्रतिष्ठानहरूमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि भनेको छ ।
यसरी होटललाई क्वारेन्टाइनको रूपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि संघले जोड दिएको छ ।

 
उपयुक्त वातावरण नभए ६महिना बन्द हुने
सरकारले आगामी बजेट मार्फत् उपयुक्त नीति तथा आर्थिक राहतका प्याकेज ल्याउनुपर्ने माग गरेको छ । आगामी बजेटमार्फत हानले अपेक्षाकृत रूपमा होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रूपमै बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा भनिएको छ । विषम परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जीवित राख्नका लागि नै नेपाल सरकारको आगामी बजेट मार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमहरू अपेक्षा गरिएका छ ।संघले होटल संचालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रूपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ ।
बजेटमार्फत सम्बोधन गर्न माग
हानले बजेटमार्फत हानले मूलरूपमा रोजगारी संरक्षण कोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्षपछि सार्ने, ब्याजदर घटाउने, घरभाडा लगायतका खर्च धान्न सस्तो ब्याजदरमा सञ्चालन ऋण प्रवाह गर्नुपर्ने भनेको छ । बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढीकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम सञ्चालन हुनुपर्ने पनि माग गरेको छ । पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि संघले जनाएको छ । संघमातहत देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरू अन्तर्गत ३ हजार ५ सय होटलहरू सदस्य छन् ।