कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
642

नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले कोरोना महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरू र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको जनाएको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरूको प्रशंसा स्वरूप मुटु आकारको चिन्ह अंकित गरेको भन्दै सरकारको निर्देशन अनुशरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भए पनि होटलमा पहिले नै बसिरहेका अतिथिहरूको सेवा यथासक्दो गरिरहेको पनि जनाएको छ ।
होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामका उपायहरूका बारेमा पोस्टर र साइनबोर्डहरू राखिएको छ जसले अतिथिहरू र कर्मचारीहरूलाई शिक्षा दिँदै आइरहेको छ, होटलले प्रेस विज्ञप्तिमा जनाएको छ । होटलले अतिथिहरूले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ तथा कर्मचारीहरूलाई पनि अतिथिहरू कम्तीमा ३ फिटको दूरीमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन पनि दिइएको होटलले जनाएको छ ।