कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
606

विगत २९ वर्षदेखि अनवरत रूपमा सेलवेस र सेल्सबेरीद्वारा सुपरमार्केट सञ्चालन गरिरहेका हामीले हाम्रो देशमा विविध विपतहरू (बाढी, महाभूकम्प) आइपर्दा विपद् व्यवस्थापनमा समाज र राष्ट्रप्रति उत्तरदायी हुँदै आएका छौं ।
विश्वव्यापी रूपमा फैलिरहेको केभिड–१९ ले हाल आएर मानवजाती नै निरिह भएको अवस्था छ । डब्लूइचओले नेपाललाई उच्च जोखिममा राखी नेपाल सरकारले लकडाउनको आह्वान गरेको अवस्थामा पनि हामी घर–घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरी सेवा प्रवाह गरीरहेका छौं ।
व्यवसायसँगसँगै सामाजिक उत्तरदायित्वलाई पनि हामीले कर्तव्य सम्झँदै आएका छौं । यसै सन्दर्भमा यस कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ र कम्पनीको तर्फबाट नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्छौ ।