कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६
427

निम्बसले निम्बस बजारडटकममा विभिन्न खाद्य सामग्रीहरूको अनलाइन अर्डर लिनुका साथै ग्राहकको दैलोसम्म अर्डर गरिएका वस्तुहरू पु-याउन सुरु गरेको छ । निम्बस बजारमा ग्राहकहरूले निम्बसका विभिन्न ब्रान्डहरू– व्यन्जन, हिमालयन ह्याप्पी पेट खरिद गर्न सक्ने भन्दै कम्पनीले यी ब्रान्डहरूका खाने तेल, आटा, दाल, सोयाबिन मस्यौरा, अचार, चिउरा, पापड साथै हिमालयन ह्याप्पी पेटको कुकुरको खाना, आदि निम्बस बजारमा पाउन सकिने पनि जनाएको छ । यससँगै हाल फैलिरहेको कोभिड–१९ अर्थात् कोरोनाको प्रकोपबाट आफ्ना डेलिभरि तथा अन्य कर्मचारीहरूको सुरक्षाको सुनिश्चिताका लागि कम्पनीले तयारी सुरु गरिसकेको छ ।
निम्बसले सबै डेलिभरि गर्ने कर्मचारीहरूलाई व्यक्तिगत स्वास्थ, तथा सरसफाइ, हातधुने, सेनिटाइजिङ गर्ने विधिकाबारेमा निरन्तर शिक्षा तथा प्रशिक्षण दिँदै आएको छ । साथै कर्मचारीहरूलाई कोभिड–१९ को लक्षण देखा परेमा कसरी सावधानी अपनाउने भनेर तालिम प्रदान गरेको छ । यस अलावा सबै डेलिभरि कर्मचारीललाई मास्क, सेनिटाइजर, पनि उपलब्ध गराएको पनि कम्पनीले जनायो । “आउने समय अनिश्चित छ, हामीग्राहकहरूको दैनिक खाद्यवस्तु खरिदमा सुरक्षित विकल्प रहेको कुरा सुनिश्चित गराउन चाहान्छौं । हाम्रा ग्राहक, समन्वयकर्ता तथा समुदायहरूलाई स्वस्थ वातावरण दिनका लागि हामी तत्पर छौं ।” निम्बसका कार्यकारी निर्देशक आनन्द बगरिया भन्छन् ।