कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४
594

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको नेपाल–भारत उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नया कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट सर्वसम्मत रूपमा सौर्यशमशेर राणालाई अध्यक्षमा चयन गरेको छ । कार्यसमिति सदस्यहरूमा अभिमन्यु पोडार, आनन्द बगारिया, अनुकूल भटनागर, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आर बी रौनियार, शशिकान्त अग्रवाल, सिर्जना राणा, सुहृद ज्योति निर्वाचित भएका छन् । संघको विधानबमोजिम आगामी कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरूको मनोनयन अध्यक्षले गर्ने व्यवस्था छ । 
साधारणसभामा स्वागत मन्तव्य दिँदै पुन निर्वाचित अध्यक्ष सौर्य राणाले नेपालमा पछिल्लो समय विदेशी लगान घट्दो क्रममा रहेको, आन्तरिक रूपमा पनि केही समस्याहरू रहेको बताए । 

त्यस्तै भारतमा नया“ करप्रणाली चलनमा आएको तथा त्यसको पनि केही नकारात्मक प्रभाव नेपाल–भारतबीचको व्यापारमा परी रहेको र यस विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघले अध्ययन तथा पहल गरी रहेको, त्यस्तै नेपाल तथा भारतमा पर्यटन प्रबद्र्धनको सिलसिलमा नेपाल–भारत संयुक्त कार्यदल गठन भएको तथा उक्त कार्यदलमा नेपाल–भारत उद्योग वाणिज्य संघको तर्फबाट सिर्जना राणाले निकै प्रयासहरू गरी रहेको जानकारी गराइन् ।
साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले योजना आयोगले आउ“दा दिनमा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राख्ने बताउ“दै प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि देशमा अस्थिर राजनीतिको अन्त्य हुने तथा ततपश्चात् नेपालमा पुन विदेशी लगानी भित्रिनुका साथै स्वदेशी लगानीले पनि उल्लेखनीय रूपमा गति लिने बताए ।
साथै, उक्त अवसरमा उपाध्यक्ष वाग्लेले नेपालको दिगो विकासका लागि आर्थिक सामाजिक चुनौतीहरू सम्बोधन हुनुपर्ने तथा दिगो विकासको पहिलो महत्वपूर्ण चुनौती सडक सञ्जाल रहेको र सोको निराकरणका लागि वीरगन्जदेखि नेपालको उत्तरी भागमा किमानथाङ्कासम्म जोड्ने गरी सडक सञ्जाल विकास गरिनुपर्ने बताए ।