कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
400

राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको यस वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ द्वारा शनिबार साहित्यिक एवं मनोरन्जन पूर्ण साँझ यान इभिनिङ विथ कुमार विश्वासको आयोजना स्थानिय ज्ञानदा एकेडमीको सभाहलमा गरियो जसका मूल प्रयोजक ‘जगशक्तिगोल्ड टीएमटी’ रहेको थियो ।
कार्यक्रममा संरक्षित स्कुल विश्वहिन्दु संस्कृत विद्यापीठका बालबालिकाले स्वागत गान तथा नृत्य गरेका थिए भने सुरुआतमा विख्यात जादुगर श्रीमन् सुमित खरबन्दाले जादू कलाकौशलको प्रदर्शन गरेका थिए । डा. विश्वास एक कवि, लेखक तथा उतप्रेरक व्यक्तित्वको रूपमा चिनिने गरेका हुन् । करिब ६ सय जनाको उपस्थितिमा रहेको उक्त कार्यक्रम ३ घन्टा चलेको थियो भने संघीय सांसद प्रदीप यादव, वीरगन्ज मनपाका मेयर विजय सरावगी, प्रदेश नं. २ का सांसद ओम प्रकाश शर्मा, राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष श्रीमान् सौरभ केडियालगायत महिला, उद्योगी व्यापारी, सञ्चारकर्मीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।
राउण्ड टेबल अन्तर्राष्ट्रियको पूर्ण सदस्य रहेको राउण्ड टेबल नेपाल एक नाफा नकमाउने उद्देश्य सहितको गैर राजनीतिक एवं सामाजिक संस्था छ, जसमा करिब ४ सय ५० सदस्य छन् ।