कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
307

सीप सिकेका महिलालाई उद्यमसँग जोड्नका लागि अभिमुखीकरण तालिम दिइएको छ । काठमाडौं महानगरपालिका–११ का ३० महिलालाई श्रीसाथी नेपालले अभिमुखीकरण तालिम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सीप सिकेर पनि उद्यमशिलता बन्ने महिला लागि सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
उनले सहभागी महिलाले आफूलाई लागेको सीपका बारेमा छलफल गर्ने र संस्थाले ती महिलालाई उद्यमशीलता बनाउन सहयोग गर्ने बताए । तालिममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसँग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उनले जानकारी दिए ।
कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रबहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकाले आफूहरू महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताए । महिला युवा उद्यमी मेनका पछार्इंँले महिला उद्यमीलाई कुनै व्यवसाय सञ्चालन गर्न सरकारले पनि सहुलियत गर्नुपर्ने बताए ।