कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
397

नेपालगन्ज- पश्चिम तराईको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र बाँकेको नेपालगन्जमा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्ने उद्देश्यले फुड फेस्टिभल आयोजना हुने भएको छ । नेपालगन्ज होटल व्यवसायी संघ बाँकेको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म पहिलो पटक फुड फेस्टिभल सञ्चालन हुने भएको हो । नेपालगन्ज होटल व्यवसायी संघ बाँकेको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म पहिलो पटक फुड फेस्टिभल सञ्चालन हुने भएको हो ।   फुड फेस्टिभल भव्यतापूर्वक सम्पन्न गर्नका लागि संघका अध्यक्ष भिमलाल कँडेलको संयोजकत्वमा शनिवार पाँच सय सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिको सदस्यमा पूर्वअध्यक्ष, पदाधिकारीलगायत प्रतिष्ठित अगुवा व्यवसायी रहेको फेस्टिभलका प्रवक्ता डिलाराम शर्माले जानकारी दिए । फुड फेस्टिभलमा विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु, अत्यावश्यकीय उपभोग्य वस्तुहरुको प्रदर्शन गर्दै मौलिक ऐतिहासिक संस्कृतिको संरक्षणको प्रचार–प्रसार गरिने बताइएको छ ।