मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन २, २०७६
317

३ सय ४० वटै स्टल बुक

विराटनगर-आज (शुक्रबार) देखि विराटनगरमा सुरु हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।
एक्स्पोका ९५ प्रतिशत तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो आयोजनास्थल विराटनगर शंकरपुरमा पत्रकार सम्मेलन गरी स्टल निर्माण, प्रचारप्रसार, स्वागतद्वार निर्माण, एक्स्पो छेउछाउका सडकको स्तरोन्नतिलगायतका काम सम्पन्न भएको संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । ३ सय ४० वटै स्टल बुक भइसकेका छन् । घिमिरेका ३ सय १५ स्टल राख्ने तयारी भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट बुकिङका लागि अत्यधिक रुची र चाहना देखाएका कारण २५ वटा स्टल थपेर ३ सय ४० पु-याइएको छ । ‘आर्थिक विकासको मूलक आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ नारा दिइएको एक्स्पो ९ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा १ अर्बको कारोबार हुने लक्ष्य राखिएको छ । जसमा २ करोड खर्च गरेर २ करोड नै नाफा कमाउने लक्ष्य राखिएको उनले बताए । “एक्स्पोमा जुन रूपमा स्टल बुकिङ भएका छन् त्यसले हामीलाई निकै नै उत्साहित बनाएको छ,” घिमिरेले भने, “एक अर्ब न्यूनतम कारोबारको लक्ष्य हो ।”
एक्स्पोमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । त्यसबाहेक उपभोक्ताले विभिन्न सामान खरिद गर्दा विशेष उपहारसमेत पाउनेछन् । एक्स्पोमा कुनै कमी हुन नदिन सबै किसिमको तयारी गरिएको मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताए ।
जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, अर्गानिक चिया, किबि, संखुवासभाको अल्लो, कृषि यन्त्रहरू, बैंक तथा वित्तीय संस्थाका सेवामूलक उद्योगहरूको छुट्टै पेभेलियन एक्स्पोको मुख्य आकर्षण रहेको उनको भनाइ छ । सर्पदंशसम्बन्धी तालिम, ट्राफिक सचेतना, विद्युत, टेलिकम, रोजगार सूचना केन्द्र पनि एक्स्पोमा रहेछन् ।
नेपालका प्रतिष्ठित उद्योग÷व्यवसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनहरू, सूचना प्रविधि, गार्मेन्टस तथा जुत्ता चप्पलहरू, इलोक्ट्रोनिक्स तथा इलेक्ट्रिकका सामानहरूको छुट्टै पेभेलियनका साथै भारत, पाकिस्तान र बंगलादेशका गार्मेन्ट, किचन सामग्री तथा औद्योगिक उत्पादनहरूको स्टलसमेतको छुट्टै पेभेलियनको व्यवस्थाका साथै अटोमोबाइल्सको अलग्गै परिसरको व्यवस्था गरिएको छ । यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र बालबालिकाका लागि फनपार्कका साथै अस्ट्रिचसहित ६० प्रजातिका लोपोन्मुख चराहरू राखिनेछ भने नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रवद्र्धनका लागि पूर्व क्ष्ँेत्रका पर्यटकीय गन्तव्यको जानकारीहरू एक्स्पोमा राखिने प्रचार–प्रसार समितिका संयोजक नन्दकिशोर राठीले बताए ।
“यो एक्स्पोबाट औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्यौगिक क्षेत्रको सूचना प्रवाह, नया“ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार, उपभोक्ताहरूबीच सचेतनाका साथै उपभोक्ताको चाहना र रुची बारे जानकारी लिई नया“ वस्तु विकास गर्ने अवसरका लागि सहयोग पुग्ने हाम्रो विश्वास छ,” राठीले भने । यस्तै एक्स्पो अवधिमा विजनेश टु बिजनेस, बिजनेस टु कन्जुमर, बिजनेस टु गर्भमेन्ट गरी तीनै तहको सहकार्य र सम्बन्ध विस्तार गरी औद्योगिक विकासमा टेवा पु-याउने लक्ष्य लिइएको आयोजकको भनाइ छ । यसअघि उद्योग संगठनको आयोजनामा २०५३ मा कोशी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिसकेको छ । पत्रकार सम्मेलनमा संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कार्यसमिति सदस्य सुबोध कोइरालालगायतले एक्स्पो ऐतिहासिक हुने दाबी गरे ।