कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
531

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित सातौं धादिङ महोत्सव आज (शुक्रबार) सुरु भएको छ । महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि गर्ने राफ्टिङ, महोत्सवले प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा वृद्घि भईे होमस्टे र होटल व्यवसाय प्रवद्र्धनमा सहयोग पु-याउने, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्नतर्फ कृषकहरू पनि अग्रसर गराउने लक्ष्यसहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सव नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए ।
फागुन २ देखि १३ गते सञ्चालन हुने सातौँ धादिङ महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष खत्रीले जानकारी दिए । महोत्सवमा प्रदर्शनीमार्फत सरकारको ध्यान केन्द्रित गराई जिल्लालाई स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाका बिकास गर्ने घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु-याउनेछ । औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, घरेलु उद्योग र कृषिलाई व्यावसायिक आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु-याउनेछ ।

पर्यटकीय स्थलहरूको विकास र विस्तारमा टेवा पु-याउने स्थानीय बजारको विकास विस्तार एवं बिशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, कृषि पेसालाई व्यावसायिक रूपमा विकास गराउन सहयोग गर्ने, आधुनिक एवं नयाँ प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, बिभिन्न जातजातीबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरहरूको सिर्जना गर्ने सातौं महोत्सवको उद्देश्य रहेको पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले बताए ।
दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोडको कारोबार हुने आयोजकको अनुमान छ ।