कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
302

सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत चौथो ‘लक्की ड्र’ कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरूको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ ।
चौथो ‘लक्की ड्र’ अन्तर्गत पाल्पा निवासी खिमबहादुर विकले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी नम्रता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केश मायापुनले हिराको टप जितेका छन् । विजेताहरूको नामइमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो ।
केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि सुरु भई सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।