कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६
591

ललितपुर जाउलाखेल स्थित डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन डा. अजयकुमार रहेका थिए ।
नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यतित्वहरूको समेत समारोहमा उपस्थिति रहेकोे थियो । यससँगै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थिहरूलाई वार्षिक पुरस्कार मार्फत सम्मान गरियो । सांस्कृतिक कार्यव्रmममा वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।