कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
467

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आउनेक्रममा बैंकको नयाँबजार शाखाले शुक्रबार खुलाआकाशमुनि कष्टपूर्ण जीवनव्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवागर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलाई तातो चिसो पानीआउने वाटर
डिस्पेन्सर, डस्टबिनका साथै विविध सरसफाइका सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरणका साथै आश्रममा आश्रित व्यक्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको जनाएको छ ।