कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
290

राजब्रुअरी प्रालिले आइतबारदेखि नेपालमा औपचारिक रूपमा फोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फुर्ति प्रदान गर्छ । ब्रुअरीमा १ सय ४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रूपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रूपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ ।
फोस्टर्स गोल्ड स्ट्रङ बियर पनि हालसालै नेपालमा ल्याइएको थियो । फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा बरफले बियरलाई झन्डै शून्यडिग्री तापक्रममा छान्ने गर्छ । फोस्टर्स वर्षैभरि पुनःस्फुर्तिका लागि एकदम सही बियर हो । यस वर्षको प्रारम्भमा नै राजब्रुअरी प्रालिले विश्वप्रसिद्ध बियर निर्माता एबीइनबेभबीच विश्वका केही ख्याति प्राप्त बियर ब्रान्डहरूको उत्पादन सम्बन्धमा एक विशेष साझेदारसम्बन्धी सम्झौता सम्पन्न भएको थियो ।

राजब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबीइनबेभ र बार्सटेनर इन्टरनेसनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी भएको जनाएको छ । राजब्रुअरी, जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समूहले नेपालमा बहुसंख्यक डिस्टिलरीहरू, अनुसन्धान र विकास एवं वितरण एकाइहरूसहितको एक ब्रुअरीका साथमदिरा–वेभरेज व्यवसायमा अनवरत रूपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ ।
जावलाखेल ग्रुपको उत्पादनहरूको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्रान्डहरू जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समूहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरू पर्छन् । ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबीइनबेभको विश्वका झन्डै ५० भन्दा बढी देशहरूमा उपस्थिति छ र ५ सयभन्दा ज्यादा ख्यातिप्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राह्माजस्ता ब्रान्डहरूको विविधतापूर्ण स्वादहरू उपलब्ध गराउने गर्छ । यसको अन्य ब्रान्डहरूमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् ।