कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
330

धनकुटा-प्रदेश नं १ को पर्यटकीय स्थल धनकुटाको हिलेका विभिन्न ५ वटा होटलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका गुणस्तर स्तरिकरण स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको नेतृत्व तथा क्षेत्रीय होटल एशोसिएशन धनकुटाको समन्वयमा हिलेका निगाले होटल एण्ड लज, गजुर होटल, लेकाली होटल, होटल हिले भ्यू र होराईजन रिसोर्टमा गुणस्तर स्तरिकरण स्टिकर टाँस गरिएको हो ।
होटल सरसफाई एवम् व्यवस्थापनका हिसावले निगाले होटल र होटल हिले भ्यू उत्कृष्ट देखिएका छन् । यी दुई होटलमा दुईवटा स्टार भएका हरियो स्टिकर टाँसिएको छ भने अन्य तीन वटा होटलहरुले सन्तोष जनक स्थान प्राप्त गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिए । गुणस्तर स्तरिकरण मापदण्ड अनुसार सरसफाई एवम् अन्य व्यवस्थापन कम देखिएका होटलहरुलाई सुधारका लागि निर्देशन दिईएको कार्यलयले जनाएको छ । यो कार्याक्रम खाद्य ऐन २०२३ को नियमावली २०२७ को खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरिकरण सम्वन्धि निर्देशिका २०७४ अनुसार गरिएको प्रमुख मिश्रको भनाई छ ।

 

विकास घिमिरे