कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
365

कोकाकोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्रान्डले आफ्नो यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’ को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार विजेतालाई गाडीको साचो हस्तान्तरण गरेका हुन् । यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) ‘लक्की ड्र’ उपहारअन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका भन्दै कोकाकोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गरेको कम्पनीले जनाएको छ । नेपालका विभिन्न सहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, वीरगन्जलगायतको स्थानबाट उपभोक्ताहरू विजेता भएका भन्दै बम्पर ‘लक्की ड्र’ का विजेता अम्बरबहादुर गुरुङले यस्तो अभियान ल्याएमकोमा म कोकाकोला नेपालप्रति आभार प्रकट गरे ।