कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
156

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षाकोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षाकोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ बानेश्वर काठमाडौंमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रवीन्द्र कुमार रिजाल ‘शशि’ले सरकारले ल्याएको सामाजिक सुरक्षाकोषमा हामी सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षाकोषका निर्देशक तथा प्रवक्ता रमा भट्टराईले उपस्थित विज्ञापन एजेन्सीहरूले सामाजिक सुरक्षाकोषका बारेमा राखेका जिज्ञासाहरूको उत्तर दिँदै यो कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा संघका ७० भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको संघले जनाएको छ ।