कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
322

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–४ छिनखेतमा रहेको रुकुमेली नेपाली हातेकागज उद्योग गत वैशाखदेखि सञ्चालनमा ल्याइएको छ । बाफिकोट गाउँपालिका–९ का धीरेन्द्रकुमार शाहीले उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योग केही वर्ष अघिदेखि सञ्चालन गरिए पनि विविधकारण बस उद्योग नियमित सञ्चालन आउन सकेको थिएन । ८ लाख लगानीमा उद्योग पुःन सञ्चालन ल्याइएको सञ्चालक शाहीले बताए । वर्षातको समयमा कागज सुकाउन समस्या हुने भएका कारण केही महिना बन्द भए पनि अन्य समयमा कागज उद्योग सञ्चालनमा आउने गरेको छ ।
उद्योग पुनः सञ्चालनसँगै १५ जना स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय जंगलहरूमा रहेको सेतबरुवाबाट हातेकागज निर्माण गरिन्छ । हातेकागजको मूल्य १ पिसबराबर २० रुपैयाँ पर्ने सञ्चालक शाहीले बताए । नेपाली हातेकागज राजधानी काठमाडौंदेखि विदेशसम्म निर्यात हुँदै आएको छ ।