कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
263

काठमाडौंको इन्द्रचोकमा रहेको प्रतिष्ठत मिठाइ शोरुम स्वस्तिक स्वीट्स एन्ड स्न्याक्स्ले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरिएको उपहार योजनाको नतिजा बुधबार ‘लक्की ड्र’ मार्फत घोषणा गरेको छ ।
आफ्नै शोरुममा ग्राहकवर्गहरू माझ ‘लक्की ड्र’को कार्यक्रम आयोजना गरी ग्राहकहरूकै हातबाट बिजेताहरूको छनोट गरिएको थियो । जसमा बम्पर उपहार दियो स्कुटर, टेकुस्थित गोयल मेटल इडस्ट्रिज, पहिलो उपहार ४३ इन्च समसङ स्मार्ट टिभी, मखनटोलका संजय अग्रवाल, दोस्रो उपहार एलजी वासिङ मेसिन– पुरानो बानेश्वरका रामहरि अर्याल, तेस्रो उपहार भिडियोकन रफ्रिजरेटर– डल्लूका उमेश कुमारले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरूले सान्त्वना उपहारहरू जितेका छन् ।

कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार स्थापना यो एक वर्षकालमा स्वस्तिक स्वीट्स एन्ड स्न्याक्स्ले आफ्नो ग्राहकहरूका लागि उच्च गुणस्तरको कोलकाताको प्रख्यात ब्रान्ड भिखाराम चादमल (कोलकाताको प्रख्यात ब्रान्ड) को विभिन्न प्रकारका मिठाई, भुजिया का साथै शुद्ध शाकाहारी रेस्टुराँको सुविधा प्रदान गर्दै आइरहेको छ र गरिरहनेछ ।
स्वस्तिकलाई ग्राहकहरूद्वारा धरै रुचाइएको भन्दै यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकहरू माझ अझ बढी नजिकिएको अनुभव भएको बताए । उनले आफ्ना ग्राहकहरूको हितका लागि भविष्यमा पनि अझ बढी सहुलियत तथा यस किसिमको योजना ल्याउने उनले बताए ।