लक्ष्मण ढुंगाना
बुधवार, आश्विन १५, २०७६
524

नेपालगञ्जस्थित जमुनाहा नाकामा होटलका विचौलियाका बिगबिगी छ । सीमानाकाको बारी नेपालतर्फ मात्र होइन भारतको रुपैडिहा बसपार्कमा समेत दर्जनौं बिचौलियाले अड्डा जमाएर बसेका छन् । नेपालगञ्जस्थित जमुनाहा नाकामा होटलका विचौलियाका बिगबिगी छ । सीमानाकाको बारी नेपालतर्फ मात्र होइन भारतको रुपैडिहा बसपार्कमा समेत दर्जनौं बिचौलियाले अड्डा जमाएर बसेका छन् । यहाँका होटल व्यवसायीले जमुनाहा नाकामा विचौलिया परिचालन गरेर यात्रुहरूलाई तानातान गरी सास्ती दिएका छन् ।
लामो यात्राको थकान महसुस गरेका यात्रीहरू बिचौलीयाको तानतानले आजित हुने गरेको सोमबार नेपालगन्ज नाकामा भेटिएका जाजरकोटका बादुरे विकले गुनासो गरे । “हामी सधै  यहीबाटो आउने जाने गरिरहन्छौं हामीलाई यहाँको होटल थाहा छ,” उनले भने, “यतिभन्दा पनि होइन आउनुस् भन्दै तिनजनाले तिनतिर ताने ।” एकजनाले आमा र हातबाट ब्याग खोसेर आफ्नै अटो छ यहाँ जाउ भन्दै लगेर गए र अर्कोमा छोरा र आफु भएको उनले बताए । ‘धन्न सामान हराएन’ उनले भने, “मलाई होटलवालाले ज्यादती नै गरे ।”  होटलवालाले ग्राहकलाई सम्बन्धित होटलसम्म पु-याए बिचौलियालाई कमिसन दिने गरेका छन् ।

त्यही कमिसनको लोभमा उनीहरू बिहानैदेखि यात्रु लिन जमुनाहा नाकाका साथै रुपैडिहा बसपार्कसम्म पुग्ने गरेका छन् । केही रिक्सा तथा अटो रिक्सावालाले समेत यात्रु बोक्ने नाममा बढी रकम असुल्नुका साथै कमिसनको आशमा आफूले तोकेकै होटलमा जान बाध्य पारीरहेको नेपालगन्जको पुष्पलाल चौकमा गाडीको पर्खाइमा रहेका कालिकोटका हिक्मत रोकायले बताए ।दसैं नजिकिएसँगै कामको सिलसिलामा भारतलगायत विभिन्न स्थानमा गएका नेपालीहरूको जमुनाह नाकामा लर्को लाग्ने गरेको छ । बिहान ५ बजेदेखि यस नाकाबाट हुलका हुल मानिसहरू लस्करै घर फर्कीने गरेका छन् ।  
सीमा नाकामा यात्रुको आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुन्छन् । चाडपर्वका बेला सीमा नाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण र पीडितलाई तत्काल सहयोग गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । घटना हुन नदिने र केही गरी भइहालेमा पीडितको सहयोग र उद्धारका लागि प्रहरी तयारी अवस्थामा रहेको जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालले बताए । “सीमा क्षेत्रमा भीडभाडका बेला हुने विभिन्न ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो ।”दैनिक रूपमा बढी भाडा लिएका रिक्सा, अटोरिक्सालगायत सवारी साधनहरूबाट रकम फिर्ता गराएको बताउँदै निगरानी बढाएको चौकीका ईन्चार्ज रिजालको भनाइ छ ।