कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
265

 युनाइटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्टस्को उपहार सररर कार’ अन्तर्गतको ‘लक्की ड्र’ कार्यक्रम असोज १४ गते दिउँसो २ः३० बजे काठमाडौं त्रिपुरेश्वरको डिईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको कम्पनीले जनाएको छ ।
गत वैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागू गरिएको ग्राहक योजनाअनुसार ५ जोडीलाई (दश जना) दुबई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाइ स्यान्ट्रो कार उपहार ‘लक्की ड्र’ बाट छनोट गरिने उद्योगको योजनाअनुसार सो कार्यक्रम सम्पन्न भएको पनि जनाएको छ । यसअनुसार कुपन नं. १५७८७ ले स्यान्ट्रो कार जितेको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेको कम्पनीले जनायो ।