कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
257

“शेयर अ कोक” को स्थानीयकृत रुप “मन खोलौं कोक सँग” को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।
यस वर्ष कोका–कोलाले “माइ मम् मेक्स् माइ दशैं स्पेशल”भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको छ । आमाको उपस्थीति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ । दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उनको माया हो ।

आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ ।
यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सीयलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ । उक्त कमर्सीयलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरीहरु आफ्नै संसारमा मस्त छन् । तर, कोकको सानो स्मरणका कारण बच्चाहरुले दशैंको सम्पूर्ण कामहरु आफै गरेर आमालाई आश्चर्य बनाउदै सुन्दर इशारा देखाएका छन् ।
यो अभियानका बारेमा कोका–कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेका छौं । कोका–कोलाले तपाईको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्दछ । 
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भने, “कोका–कोला नेपालले सधैं सम्बन्धहरुको हर्ष मनाउदै आइरहेको छ । यो वर्ष हामीहरुले सधाझैं दशैंलाई विशेष बनाउने हाम्रा आमाहरुका साथ मनाउदै छौं । हामी– कोका–कोलाले सदैव उपभोक्ताहरुलाई कदर गर्दै आइरहेका छौं, र यो नयाँ लेबलले उपभोक्ताहरुलाई सम्बन्ध मज्बुत बनाउन प्रत्सोहान गर्नेछ र उनीहरुले कोकमार्फत आफ्नासँग मन खोल्नेछन् भन्ने आशा गरेका छौं ।”
यो अभियान  ह्यासट्याग प्रयोग गरेर सामाजिक संजालमार्फत पनि प्रबद्र्धन गरिएको छ । डिजिटल भिडियोमा इनफ्लुयन्सर र उनीहरुको आमासँगको रियल–टाईम पलहरुलाई पुनसृजना गर्नुका साथै उक्त क्षणलाई कैद गरिएको छ । डिजिटल भिडियोमा देखाइए अनुसार, मोडेल रअभिनेत्री शुभेक्षा खड्काले उनकी आमाले सानोमा हेरचाह गर्नका लागि गर्ने साना तथा महत्वपूर्ण कार्यहरु जाहिर गरेको देखिन्छ । उनको आमालाई अर्को अलग कोठामा राखिएको हुन्छ र शुभेक्षा यस विषयमा अनविग्य छिन् । उनकी आमा छोरीको कुरा सुनिरहेकी हुन्छिन् र आसुु खसाल्छिन् । यो मन छुने भिडियो आमा छोरीको प्रेम र आनन्दको पुनर्मिलन सहित अन्त्य भएको छ ।
कोका–कोलाले भाट–भटिनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा छिट्टै ग्राउण्ड एक्टीभेसनको माध्यमबाट नयाँ लेबल ल्याउदैं छ । एक्टिभेसनमा कस्टुमाइज्ड लेबल हुनेछ र उपभोक्ताहरुले आफ्नो आमाका लागि व्यक्तिगत (पर्शनलाइज्ड) म्यासेज लेखि प्रिन्ट गर्न सक्नेछन् ।