कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
321

थाइल्यान्डको खानाका परिकारको जानकारी गराउने उद्देश्यले राजधानीमा थाई फेस्टिभल–२०१९ आयोजान गरिएको छ । शनिबार काठमाडौंको होटल सांग्रिलामा फेस्टिभल आयोजना गरिएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेस्टिभलले टेवा पु¥याउनेर थाई खानाकाबारे नेपालमा जानकारी गराउने गरी फेस्टिभल आयोजना गरिएको थियो ।
फेस्टिभलमा थाई खानानै मेलाको आकर्षण रहेको थियो । थाई एयरवेज, थाइल्यान्डको पर्यटन प्राधिकरण र थाई उत्पादन र आयातकर्ताहरू थाई रेस्टुराँ र कम्पनीहरूको फेस्टिभलमा सहभागिता रहेको थियो । फेस्टिभलमा प्राचीन थाई खाना, थाई उत्पादनहरू, थाई मसाज र परम्परागत सांस्कृतिकको प्रदर्शन गरिएको थियो । थाई एयरवेजले अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘लक्की ड्र’ मार्फत राफल्स ड्रामा विजेता एक जनालाई थाइल्याण्ड भ्रमणको लागि ‘टु वे’ टिकट प्रदान गरिएको थियो ।