कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
388

नयाँ व्यावस्थापक परिवर्तन हुने भएसँगै निजी क्षेत्रको अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले लोगो परिवर्तन गरेको छ ।
हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशिक सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको हो ।

आइतबार राजधानीमा भएको पत्रकार सम्मेलनमा एयरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोले तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्छ । चील हिमालय श्रृंखलामा पाइने पन्छी हो र यसलाई दृढता र साहसको प्रतीकलाई कम्पनीको साथ बनाएको छ ।
कम्पनीले हिमालय एयरलाइन्सको धेरै उचाइमा उड्न सक्ने साखलाई संकेत गर्छ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एयरलाइन्सको नाम र स्थान व्याख्या गर्छ ।
त्यसैगरी, लोगोमा प्रयोग भएको नीलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्छ । नीलो रंगले आकाशलाई प्रतिनिधित्व गर्छ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउँले भरिएको पहाडलाई प्रतिनिधित्व गर्छ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता ।
त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्छ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एयरलाइन्सको संस्थागत मूल्य मान्यतालाई वास्तविक रूपमा प्रतिबिम्बित गर्ने हिमालयका सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले बताइन् ।

 


सातामा धेरै पढिएको