कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
267

गोल्छा अर्गनाइजेसनको भगिनी कम्पनी हिम इलोकट्रोनिक्स प्रालिले दसैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत ग्राहकहरूले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ग्राहकहरूले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलोक्ट्रिक किट्ली, ड्राइआइरन तथा स्टिम आइरनप्राप्त गर्न सक्ने भन्दै हिम इलोक्ट्रोनिक्सले नेपाली बजारमा स्तरीय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरू उपलब्ध गराउँदै आएको छ ।
हिम इलोक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरू माझ विश्वाशिलो ब्रान्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरूलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको पनि जनायो । यो योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।