कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६
341

किंग्स लाउन्ज पोखराले दसैं, तिहार तथा छठलगायतका चाडपर्वको अवसर पारेर ह्याप्पी फेस्टिभलअफर सुरु गरेको छ ।
पोखराको लेकसाइडमा रहेको लाउन्जले (आज) आइतबार बिहान ११ बजेदेखि साँझ साढे ५ः३० बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । पोखरामा सञ्चालनमा रहेका अन्य रेस्टुराँहरूको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउन्जले फेस्टिभल अफरमा थप डिस्काउन्ट दिन लागेको हो ।

साथै साँझ ५ः३० बजेपछि फुड एन्डड्र्क्सिमा १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउन्ज पोखराका एक सञ्चालक वसन्त गौचनले जानकारी दिए । दसैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरी मेनुको मूल्य २० प्रतिशतले घटाउनुका साथै ह्याप्पी आवरमा डिस्काउन्ट अफर लागू गरिएको किंग्स लाउन्जले जनाएको छ । ह्याप्पी आवरअफर चाडपर्वपछि पनि जारी रहनेछ भने फुड एन्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर छठसम्म रहने गौचनले बताए ।
यस्तै दसैं सेलिब्रेसनअन्तर्गत यही असोज १२ गते आइतबार किंग्स लाउन्ज पोखरामा पप गायक छेवाङ लामा र पासपी ब्यान्डको लाइभ प्रस्तुतिसमेत रहेको अर्का सञ्चालक कुमार गुरुङले बताए । लाइभ कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ । फेस्टिभल अफर सञ्चालनमा ल्याएको अवसर पारेर किंग्स लाउन्जले गत महिना किर्गिस्तानमा भएको नदेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अर्का सञ्चालक आदित्य मिश्रले जानकारी दिए ।
महिला फुटबल टिम सागको तयारीका लागि पोखरामै छ । काठमाडौंको अपार सफलापछि ६ महिना अगाडि पोखरामा शाखा खोलेको लाउन्चले संगीत, खेलका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको छ ।
लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ ।
पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलटदेखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको पहिलो रोजाइमा किंग्स लाउन्ज पर्ने गरेको छ ।
सुपथ मूल्यमा स्वादिष्ट खानाहरूको परिकार पाइने भएकाले किंग्स लाउन्ज पुग्ने गरेको उनीहरू बताउँछन् । नयाँ तथा पुराना संगीतहरूले भरपुर मनोरन्जन दिनुका साथै आफू स्वयंले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने लाउन्जले ग्राहकहरूलाई घरसम्म निःशुल्क पु-याई दिने व्यवस्था पनि मिलाएको गौचनले जानकारी दिए ।

 


सातामा धेरै पढिएको