कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६
327

पोखरा- सिल्कवेयर जोन्सन इन्टरनेसनलले धाराका विभिन्न सामान पोखरा क्षेत्रमा पनि बिक्री वितरण गर्न सुरु गरेको छ । पोखरेली बढी गुणस्तरीय सामान खरिद गर्न सक्षम भएकाले गर्दा आफूहरूले पोखरा क्षेत्रमा काम गर्ने प्लम्बरहरूका लागि शुक्रबार पोखरामा प्लम्बर मिटको आयोजना गरिएको सिल्कवेयर जोन्सन इन्टरनेसनलका निर्देशक राजन झाले बताए ।
ब्रान्ड, गुणस्तर, लुक्सका आधारमा पनि जोन्सन इन्टरनेसनका सामान बजारमा बढी माग हुने कम्पनीले दाबी गरेको छ । कार्यक्रममा करिब १ सय ५० जना सहभागी भएको उनले जनाए । कम्पनीले केही समयमा बाथवेयर प्रोडक्ट पनि बजारमा ल्याउने तयारी गरेको बताइन्छ । उक्त ब्रान्डको सामानमा कम्पनीले १० वर्षको रिप्लेसमेन्ट गर्नेे भएको छ । धाराका विभिन्न ब्रान्ड खरिद गर्दा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको सिल्कवेयर निर्देशक झाले बताए । उनका अनुसार सामान खरिद गरेको वा बिग्रिएर खबर गरेको ७२ घण्टामा रिप्लेस गर्ने भएको छ ।

उनले भने, “हामी मात्र यस्तो कम्पनि हौं, हामी आईएसओ सटिफाई कम्पनी हौं, अनुसन्धानमा मात्र ३ वर्ष हामीले खर्चिएका छौं ।” इन्टरनेसनल सिमेन्ट प्रालिबाट ओम सिमेन्ट समेत बनाउँदै आएको उक्त जोन्सन इन्टरनेसनल कम्पनीले एक वर्षदेखि धारा बनाउँदै आएको हो ।
जर्मनी प्रविधिमा नेपालमा उत्पादन हुने धाराका ब्रान्डमा आगामी एक वर्षमा उक्त कम्पनीको ब्रान्डले नेपाली बजार लिने कम्पनीको दाबी छ । नेपालको आयात व्यापार घाटालाई यसले कम गर्ने झाले जनाए । यो कर्णाली, जुम्लासम्म पु¥याउने लक्ष्य राखेको उनले जनाए । भारत र जर्मनबाट केही कच्चा पदार्थ प्रयोग गरिने भएको निर्देशक झाले जनाए ।


सातामा धेरै पढिएको