कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
240

डोल्मा इम्प्याक्ट फन्डले नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको छ । सो अवसरमा डोल्मा ग्रुपले राजधानीमा एक कार्यक्रम गरी डोल्मा कन्सलटिङ तथा डीएफआईडीद्वारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि सुरुवात भएको छ ।
पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फन्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फन्ड हो । डोल्मा इम्प्याक्ट फन्डले दुइटा हाइड्रोपावर परियोजना, दुइटा सोलरपावर परियोजना, तीनवटा टेक्नोलोजी कम्पनी तथा दुइटा स्वास्थसेवासँग सम्बन्धित कम्पनीमा लगानी गरेको छ, जसको फलस्वरुप पाँच हजारभन्दा बढी रोजगारी सिर्जना भएको जनाएको छ ।

डोल्मा इम्प्याक्ट फन्ड, प्रोफेसर टिम गोचरद्वारा स्थापित डोल्मा ग्रुपको एक शाखाका रूपमा रहेको छ । डोल्मा इम्प्याक्ट फन्डले नेपालमा इम्प्याक्ट लगानी तथा प्राइभेट इक्विटी मार्केटको अगुवाइ गरेको छ र नेपालमा आर्थिक वृद्घि, उत्पादकत्व तथा रोजगारी सिर्जनामा एफडीआईको गहकिलो असर रहेको प्रो.गोचरले बताए । डोल्मा इम्प्याक्ट फन्डले नेपालमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी लगानीको विश्वसनीय ट्रयाक रेकर्ड प्रदान गरेको छ, जसका आधारमा भविष्यमा नेपाललाई चाहिने एफडीआईका लागि पनि प्रोत्साहन हुने उनले बताए ।
नेपालमा सफल रूपमा एफडीआई भिœयाउनलाई डोल्मा ग्रुपले हासिल गरेको विशेषज्ञताको पूरकका रूपमा डोल्मा कन्सलटिङको सुरुवात भएको हो । डोल्मा कन्सलटिङको प्रमुखका रूपमा म्यानेजिङ डाइरेक्टर जोसेफ सिल्भान्सले नेतृत्व दायी भूमिका प्रदान गरिरहेका छन् । जोस्टयाण्डडर्् चार्टर्ड बैंकका भूतपूर्व सीईओ अनुभवले कम्पनीले आगामी दिनमा नयाँ उचाइ लिने गु्रपले जनविश्वास लिएको छ । उनका अनुसार नेपालको निजी क्षेत्रको स्तर सुधारिएको र हाल बैंक, कर्पोरेट सेक्टर तथा इन्फास्ट्रक्चरका परियोजनामा अन्तर्राष्ट्रिय पुँजीको माग छ । डोल्मा कन्सलटिङले यस्ता अन्तर्राष्ट्रिय पुँजीको खोजी तथा परिचालनका लागि विभिन्न सेवाहरू प्रदान गर्छ । नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय इक्विटी, ऋण तथा मिश्रित वित्तखोजी गर्ने सेवाहरू डोल्मा कन्सलटिङले प्रदान गर्छ ।”
डोल्मा ग्रुपअन्तर्गत डोल्मा इम्प्याक्ट फन्ड, डोल्मा हिमालयन इनर्जी, डोल्मा कन्सलटिङ तथा डोल्मा फाउन्डेसन छन् ।