कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
337

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषद्बीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्व–तयारी गर्नेसम्बन्धी एक सहमतिपत्रमा हालै काठमाडौँमा हस्ताक्षर भएको छ । उद्योग, व्यापार, वाणिज्य तथा बैंकिङ क्षेत्रसंग  सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुन सक्ने किसिमका विवादहरूको समाधान मेलमिलापमार्फत गराउन आवश्यकता महसुस गर्दै सो सहमति भएको हो ।
सहमतिपत्रमा महासंघका उपाध्यक्ष्ँ किशोरकुमार प्रधान र नेपाल मेलमिलाप परिषद्को तर्फबाट सदस्य सचिव नारायणप्रसाद पन्थीले हस्ताक्षर गरेका छन् । मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानुनी प्रक्रिया समग्र विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्र सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरी कार्यक्रममार्फत प्राप्त पृष्ठ पोषणलाई आधारमानि केन्द्र स्थापना कार्य अगाडि बढाउने विषय सहमतिपत्रमा उल्लेख छ ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष प्रधानले परिषद्स“गको सहमतिले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न निकै सहज हुने बताए । परिषद्को तर्फबाट मेलमिलाप परिषद्का सदस्य–सचिव पन्थीले महासंघस“ग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गर्नुहु“दै सहमतिपश्चात् आयोजना हुने कार्यक्रमबाट निजी क्षेत्रका विभिन्न क्षेत्र लाभान्वित हुने बताएका छन् ।