कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
263

सुजल फुड्स प्रालिले हालै वेफररोल्स्अन्तर्गत चोकोफन रोल्स् बजारमा ल्याएको जनाएको छ । चोकोफन रोल्स् नेपालमै पहिलो पटक उत्पादन भएको वेक्ड वेफर रोल्स् हो भन्दै कम्पनीले यस रोल्स्को बाहिरी भाग अत्यन्तै क्रिस्पी र भित्री भाग क्रिमी रहेको जनाएको छ ।
विभिन्न उत्कृष्ट स्वादहरूमा उपलब्ध चोकोफन रोल्स् र चोकोफन वेफरको उत्कृष्ठ स्वादले आनन्दको अनुभूति प्रदान गर्ने तथा चोकोफन रोल्स्को आनन्द आफूले वा आफ्ना साथीभाइहरूसँग बाँडेर लिन सकिने कम्पनीको भनाइ छ ।