कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
166

विराटनगर- कोशी अञ्चल उद्योग व्यवसायी संघको अध्यक्षमा महेन्द्रकुमार साह पुनः चयन भएका छन् । यसअघि पनि साह अध्यक्ष थिए । विराटनगरमा भएको नवौं साधारणसभाले साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुइँटेल र कोषाध्यक्षमा लक्ष्मण राई छानिए । त्यस्तै साधारणसभाले मुरारी रेग्मी, शिवकुमार लिम्बू, रमेशकुमार भगत, रामभजन मेहेता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्नाकुमार झा र लीलाराज पराजुलीलाई सदस्यमा चयन गरेको छ । अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरू सर्वसम्मतबाट चयन भएका हुन् । संघमा मोरङ र सुनसरीका ३३ वटा कम्पनीका ४४ उद्योग आबद्ध छन् ।