कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६
415

नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीजको व्यापारीक भ्रमण टोलिले इजिप्टको कायरोमा अन्तर्राष्ट्रिय कन्स्ट्रक्सन ट्रेड फेयर दि बिग फाइभको अवलोकन गरि विभिन्न कम्पनीहरु सँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्केको छ ।
सोहू अवसरमा इजिप्ट एम्बेसि नेपाल र नेपाल एम्बेसि कायरो इजिप्ट सँग सहकार्य गरी त्यहाँको फेडरेसन अफ इजिप्टियन चेम्बर अफ कमर्स र कायरो चेम्बर अफ कमर्सका प्रतिनिधि तथा इजिप्सीएन व्यावसायीहरुसँग आपसी छलफल तथा बीटूबीमा भाग लिएका थिए । फेडरेसनका महासचिव आलद इज , कायरो चेम्बरका माहासचिब, नेपाली राजदुत झबिन्द्र प्रसाद अर्याल तथा इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ ट्रेड एण्ड इन्डस्ट्रिज कि लोब्ना इसाम हसनको उपस्थिीतिमा नेपाल इजिप्ट चेम्बरका अध्यक्ष तथा टोली नेता अखिल कुमार चापागाई ले कार्यपत्र प्रस्तुत गरेका थिए । स्थानीय व्यवसायीहरुलाई नेपालमा बैदेशिक लगानी, नेपाली वस्तुको निर्यात तथा भ्रमण बर्ष २०२० को बारेमा जानकारि उनले दिए । भ्रमण टोलिमा अध्यक्ष चापागाईंलगायत नेपालका विभिन्न व्यासायीक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।


सातामा धेरै पढिएको