सागर परियार
बिहिवार, भदौ २६, २०७६
262

जुम्ला-कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा भदौ १९ देखि कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णाली सरकारको मन्त्रीमण्डलै जुम्ला पुगेर उद्घाटन गरेको गरेको जुम्लाको अर्गानिक औधोगिक व्यापार महोत्सवमा वाईवाई चाउचाउ मय भएको व्यापाक आलोेचना भईरहेको छ । जुम्लामा उत्पादन हुने अर्गानिक बस्तुको प्रवद्र्धन तथा बजारीकरणमा जोड दिने लक्ष्यका साथ महोत्सव संचालन गरिएको थियो । तर प्रायोजक भन्दै जुुम्लाका अर्गानिक बस्तु (स्याउ, सिमि, ओखर, सिमि, कागुनो, चिनो फापर) लगायतको अर्गानिक बालीलाई प्रचार नगरिएको स्थानीय प्रकाश उपाध्यायले बताए ।
उनले भने, “आर्थिक समृद्धी संग जोड्न तथा अर्गानिक उत्पादनको प्रर्बद्धन बजारीकरणका लागि महोत्सवका नारा तय गरिएपनि महोत्सवस्थलको चारैतीर वाईवाईकै प्रचारले मात्रै ढाकिएको छ ।” १४ औ जिल्ला परिषदबाट नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएको जुम्लामा महोत्वले यहाँको रैथाने बाली, अर्गानिक उत्पादनले बजार पाउने आशा गरिएपनि उद्योग बाणिज्य संघ ठिक उल्टो गरेकोे छ । मुख्य व्यानरकै बीचमा पनि स्याउको, ओेखरको, सिमिको चित्र हुनुपर्नेमा आयोजकले वाईवाई चाउचाउकै प्रचार टासिएको छ । शुरु दिनमा कपडाले ढाकेपनि आलोचनाका बीच पनि आजभोली आयोजकले बलजफ्ती देखाउने गरेको छ ।

जुम्लाको अर्गानिक उत्पादनले बजार नपाएको भन्दै व्यापार महोत्सवले बजारीकरणमा टेवा टेप्ने विश्वास गरेका जुम्ली वाईवाई प्रचार देखेर जिल्ल छन् । उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जवअलि मनिहार स्वयम वाईवाई चाउचाउको आधारिक विक्रेता भएकोलेपनि वाईवाईको प्रचार बढि भएको समेत स्थानीयको आरोप छ ।
अर्गानिक स्टल राख्न नपाएको गुनासो
कर्णालीकै लामो र ठुलो प्रादेशिक औधोगिक महोत्सवमा करिब ८५ सय बढी स्टलहरु राखिएका छन् । महो्रत्सवमा राखिएका ८५ मध्य स्टल मध्य खोज्दै जाँदा पनि अर्गानिक खाना पाउने, स्टक भेटिदैन् । चारैतिर, टयाक्टर, जीप, मोटरसाईकल, जस्ता, कपडाका स्टल मात्रै छन् । गत वर्षको जस्तो अर्गानिक चिनो कागुनोको केक, आलु चिप्स, स्याउको जुस, जाम, चिनोको खिर लगायतका अर्गानिक परिकार यस वर्षको महोत्सवमा कुनै स्टल छैन् ।
अर्गानिक बस्तुमा आधारित स्टलहरुमा अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चामल, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत गरी सय बढि अर्गानिक परिकारका स्टलहरु एकपनि छैनन् । अर्गानिक बालीको प्रचारप्रसारका साथै आर्थिक आम्दानीको स्रोतकोे रुपमा अर्गानिक बस्तुलाई लिएपनि अर्गानिक स्टल समेत राख्न नपाएको चन्दननाथ नगरपालिकाकी रामलिला बुढ्थापाले बताईन् । उनका अनुसार चारै तीर वाईवाई, गोलमोल, रमपम चाउचाउ, गाडी, जस्ता लगायत बाहिरी जिल्लाको मात्र प्रचार छ । त्यस्तै नगरपालिकाकै लक्ष्मी बुढ्थापाका अनुसार आफुले जुम्लामै उत्पादन हुने च्याउको मःम विक्रिका लागि राखेकी छन् ।
अर्गानिक बस्तुको प्रचारको अभावले आफ्नो मःम बिक्री नै नहुने उनको गुनासो छ । जुम्लामा पाईने लोपउन्मुख राडिपाखि र उनिका कपडा बिक्रि, जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो प्रर्दशन समेत छैन् । तर यता उद्योग बाणिज्य संघले भने अर्गानिक बस्तु विस्तापित हुने गरी वाईवाईको व्यापाक प्रचार गरेको भन्ने गुनासो आएपछि गेट बाहिर पट्टीको व्यानर मात्रै फेरेको छ । भने, भित्रसबैले देख्ने ठाउँका वाईवाई लगायत का अन्य प्रचारहरु यथावतै रहेका छन् । मुख्यस्टेजमा पहिला कपडाले ढोकेको वाईवाईको प्रचार समेत खोलेरै देखाएको छ ।