कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
284

झापा-दमक उद्योग वाणिज्य संघको अध्यक्षमा गोकुल श्रेष्ठ विजयी भएका छन् । उनको समुहले अध्यक्षसहित विभिन्न ११ पदमा जितेको छ भने प्रतिद्धन्द्धी समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० वटा पदमा जितेको छ । श्रेष्ठले १४ सय ११ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी विमल खतिवडाले भने ९ सय १६ मत प्राप्त गरेका थिए । यसैगरी बरिष्ठ उपाध्यक्षमा १२ सय ७६ मतका साथ गोपाल गुरागाईँ विजयी भए ।
अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए । संघको तीन वर्षे कार्यकालको लागि भएको निर्वाचनमा २ हजार ६ सय ८० मतदाता मध्ये २ हजार ३ सय ३० मत खसेको थियो ।