सागर परियार
मंगलबार, भदौ २४, २०७६
149

जुम्ला-पातारासी क्षेत्रका ९० प्रतिशत नागरिक जडिबुटी संकलन तथा जडिबुटी व्यवसायमा निर्भर छन् । जडिबुटी संकलनदेखि खेती गरेर स्थानीय आम्मनिर्भर छन् । जटिबुटि संकलनबाटै जिविका चलाउदै आएका स्थानीयहरूले धेरै पटक प्रशोधन उद्योग स्थापनाको माग गर्दै आएका । अहिलेसम्म जडिबुटीको उचित प्रर्बधन तथा बजारीकरण हुन नसक्दा चोरी निकासी हुने, संकलन गरेको जडिबुटी कुहिने जस्ता समस्याको मारमा स्थानीय छन् ।
स्थानीय सरकार आइसकेपछि जडिबुटी प्रर्बधन गर्ने, उधोग स्थापना गरी रोजगारी सृजना गर्ने जस्ता नारा लगाए पनि हाल कर्णालीमा एक पनि जडिबुटी प्रशोधन उद्योग छैन् । जसका कारण जडिबुटीबाट हुने आर्थिक आम्दानी लक्ष्य अनुसार छैन् । बहुमुल्य जडिबुटी कुहिएर जाने, मूल्य नपाउने समस्याको मध्यनजर गर्दै जुम्लाको पातारासी २ तल्फीमा कर्णालीकै पहिलो जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ ।
करिब २ महिना पहिले स्थापना भएको छन्चरी हाल्ना जडिबुटी प्रशोधन उधोगको शुक्रबार उद्घाटन गरिएको छ । कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उदघाटन गरेका हुन् । निकै बहुमुल्य (जटामसी, भोजपत्र,सुगन्धवाल, सुनपाती) लगायतको जडिबुटीबाट तेल निकाल्नीछन् ।
तल्फीमा रहेको फुर्केसल्ला सामुदायिक वनको सत्रियतामा उधोग स्थापना भएको हो । ९० प्रतिशत स्थानीय जडिबुटी खेतिमा आधारित रहेको पातारासीमा उधोग स्थापना खुसी दिएको छ । उधोग उदघाटन गर्न जुम्ला पुगेका मन्त्री बुढाले कर्णाली जल जमिन र जडिबुटी जंगलमा धनी भएपनि उचित व्यवस्थापन प्रशोधन र बजारीकरणको अभावले कर्णाली गरिब हुँदै गएको बताए ।
जडिबुटी प्रशोधन उद्योग स्थापनाले, जुम्लामा मात्र नभई कर्णालीमै पाईने जडिबुटीको बजारीकरणमा कोशे ढुंगा सावित हुने बताए । जडिबुटी उधोगको निरन्तरता,बृदि विकासका लागि प्रदेश सरकारले आबश्यक लगानी गर्ने प्रतिबदता गरे । कर्णालीमा उधोग कलकारखाना नभएकै कारण बेरोजगारी बढेको हो । साना लगानीका उधोग स्थापनामा सरकारको प्रथामिकता दिएर समसदि नहुने मन्त्री बुढाको दाबि छ । केही वर्ष भित्र पातारासीमा सिमेन्ट कारखाना स्थापनामा लागि डिपिआर तयार गरिने उल्लेख गरे ।
कर्णालीमा १० लाख पर्यटकको लक्ष्य हासिल गर्न सामुदायिक वन संगको सहकार्य बढाउने बताए । १ करोड देखि तलका साना उद्योगलार्ई प्रोत्साहन गर्ने, नागरिकलार्ई व्यवसायीमुखी बनाउनेमा समेत जोड दिए । जुम्लामा बन्द अबस्थामा रहेका उधोगलार्ई खोल्न सहकार्य गरिने छ । जडिबुटीको संकलन, बजारीकरण, औधोगिकरणका लागि तिनै तहका सरकारको ठोस नीति आबश्क रहेको छ । भने, व्यवसायी नर्सरी खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरिने छ मन्त्रीको नन्दसिंह बुढाको भनाइ छ ।

प्रतिलिटर ५० हजार मूल्य
जुम्लामा स्थापना भएको छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योगले हाल जटामसिको तेल उत्पादन गरिरहेको छ । उधोगमा विशेषगरी जटामसि चालिसपत्रे, सुनपाति, देवदयार, सुनपाती लगायत जडिबुटीको तेल उत्पादन हुन्छ । उद्योगका अध्यक्ष पुर्ण्सिंह बोहोराले भने, प्रतिलिटर कम्तीमा ५० हजार रुपैयमा वित्रि हुन्छ, हाल सम्म १० लिटर जति तेल उत्पादन भएको उल्लेख गरे । उत्पादित तेलको निकासीमा समस्या देखिएको र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरेका छन् ।
जटामसिबाट छारे रोगको निदान हुने र पाचऔले प्रेसरको औषधी हुने, चिराईतो भोजपत्रको तेलबाट क्यान्सर निको हुने भएकोले बाहिरी बजारमा माग बढ्दै गएको उधोगका सचिव मुन बहादुर विकले बताए । हाल सम्म १० लिटर बढि तेल बित्रि भएको छ । निकासीमा समस्या देखिएको छ । सरोकारवालाको ध्यान छैन् , हाल झण्डै एक हजार स्थानीय लाभान्वीत छन् । क्वईन्टलका हिसाबले संकलन गरेका, जडिबुटी प्रशोधन हुँदा स्थानीयलार्ई राहात महूस भएको छ । ५० हजार प्रति लिटर मूल्य नघट्ने, सिधै व्यापारीहरू विदेशमा पुराएर लाखौमा वित्रि गर्छन् ।

३७ लाख लागत
जडिबुटी उधोग स्थापनाका लागि कुल लागत ३७ लाख बढि लागेको सचिव मुन बहादुर विकले बताए । उनका अनुसार फुर्केसल्ला सामुदायिक वन र हिमाली परियोजनाको सहयोगमा ३७ लाख बराबरको लागतमा उधोग स्थापना भएको हो । उधोग स्थापनाको लागि जग्गा आफ्नै भएकोले खर्च कम लाग्यो ।
प्रशोधनका तिनबाट मेसिन, लगायत आबश्यक पाटपुर्जा र जडान गरि ३७ लाख खर्च भएको छ । आबश्यक कच्चा पर्दाथका आधारमा महिनमा १६ हजार लिटर मात्रै बहुमुल्य तेल उत्पादन हुने जनाईएको छ । पातारासी २ मा रहेको फुर्केसल्ला सामुदायिक वनको जिम्मेवारीमा उधोग संचालित छ । यहाका पाटनमा पाईने, विभिन्न जडिबुटी, फुर्केसल्ला सामुदायिक वनको कुल २५ हजार ६ सय हेक्टर जमिन मा जडिबुटीहरू छन् । त्यहाका गैरकाष्ट बन पैदावारलार्ई आर्थिक संग जोड्नका लागि उधोगको भुमिका महोत्वपुर्ण रहने मेयर कान्तिका सेजुवालले बताईन् ।

जडिबुटीमा आधारित पाठ्यत्रम
शैक्षिक हिसाबमा पछि परेको पातारासी भेडापालन, जडिबुटी कृषि उत्यादनमा अग्रसर रहेको पातारासीका अध्यक्ष लछिमन बोहोराले बताए । उनले भने, फुर्के सल्ला सामुदायिक वनको सत्रियतामा उधोग संचालन भएको हो । जडिबुटीमा आत्मनिर्भर पातारासीलार्ई औधोगिकरण गर्न राज्यको लगानी अभाव छ ।
वन जंगल संरक्षणको अभावमा गैर काष्ट बन पैदावार लोपहुदै गएको प्रति नागरिकलार्ई सचेत रहन सुझाब दिए । चुन उधोग स्थापना गर्न समेत तयारी छौ । पातारासी गाउँपालिकाले जडिबुटीमा आधारित पाठ्यपुस्तक निर्माण गर्ने समेत बताए । यहाँका विभिन्न जडिबुटी बारे आउने सन्नतीलार्ई जानकारी दिन व्यवसायमा लाग्न प्रेरढा लिनका लागि पनि पाठ्यत्रम विकास गर्ने योजना रहेको अध्यक्ष बोहोराले बताए । अब पातारासी क्षेत्रका जडिबुटी कुहिएर खेर जाने अबस्थाको अन्त्य उधोगले गरेको छ । सरकारले उधोग स्थापना तथा रोजगारी सृजनाका लागि आबश्यब लगानी गर्न समेत माग गरेका छन् ।